आज देशभरको मौसम सफा रहने पूर्वानुमान
बिहीबार, मंसिर २०, २०८१
प्रधानमन्त्री ओली स्वदेश प्रस्थान
बिहीबार, मंसिर २०, २०८१
प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिवसीय औपचारिक भ्रमण पूरा गरी यहाँबाट काठमाडौँको निम्ति प्रस्थान गरेका छन् ।
५६ लाखको मेसिनबाट सुन्तला ग्रेडिङ
बिहीबार, मंसिर २०, २०८१
सुन्तला गे्रडिङका लागि प्रविधिको प्रयोगले सहज भएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकस्थित त्रिपुत्र बागवानी फार्मले सुन्तलाको ग्रेडिङ थालेसँगै सहज भएको हो ।
‘शैक्षिक विकासमा निजी विद्यालयको योगदान महत्वपूर्ण’
बिहीबार, मंसिर २०, २०८१
संविधान सभा सदस्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले मुलुकको शैक्षिक विकासमा निजी विद्यालयको योगदान महत्वपूर्ण रहेको बताएका छन् । माडी उपत्यकाको सबैभन्दा पुरानो र जेठो निजी विद्यालयको रुपमा सञ्चालित रिभर भ्याली बोडिड्ढ स्कूलको ३१ औं वार्षिक उत्सवको तानसेनको दमकडामा उद्घाटन गर्दै शैक्षिक विकासमा निजी विद्यालयको योगदान महत्वपूर्ण रहेको बताएका हुन् ।
योजना छनौंट : जनताका लागि की कमिसनका लागि ?
बिहीबार, मंसिर २०, २०८१
द्विपक्षीय र बहुपक्षीय अनुदान र ऋणकै भरमा समृद्धि र विकासको सपना बाडेको दशकौं अवधि नेपालले बेथित गरिसकेको छ । यसैका नाममा संविधानका निर्जीव अक्षरहरुलाई दोष दिदै संविधान र साशन व्यवस्था परिवर्तनका श्रृखला चलेको पनि शताव्दी समय बेथित हुन् लागेको छ ।
माटो जोगाऔं
बिहीबार, मंसिर २०, २०८१
पृथ्वीको सतहमा रहेको खनजोत गर्न सकिने नरम किसिमको भाग नै माटो हो । यो खासगरी विभिन्न खनिज तत्व, अर्गानिक तत्व, हावा, तरल पदार्थ र थुप्रै जीवहरूले बनेको हुन्छ । माटो मानविय जीवनको मूल आधार हो । तर यही माटोको जीवन्त हैसियत निरन्तर खस्कँदो छ ।
आज स्वयंसेवक दिवस र माटो दिवस एकै साथ मनाइँदै
बिहीबार, मंसिर २०, २०८१
आज पाल्पा लगायत देशैभर अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकै साथ मनाइँदैछ । हरेक वर्षको डिसेम्बर ५ मा यो दिवस मनाउने गरिन्छ । नेपालमा राष्ट्रिय/अन्तर्राष्ट्रिय गैर सरकारी संघ/संस्थाले विविध कार्यक्रमतय गरेका छन् ।
जनताका वाचा पुरा गर्दै कालीगण्डकी गाउँ सरकार
बिहीबार, मंसिर २०, २०८१
गएको स्थानीय तहको निर्वाचनमा चुनाव जित्न जनतासामु अनेकौं वाचा गरेका अधिकांस स्थानीय तहका जनप्रतिनिधिले तीन वर्ष पुग्न लाग्दा समेत तिनलाई पूरा गर्ने सुरसारै देखाएका छैनन् ।
रामपुरमा जनप्रतिनिधिसँग संवाद
बुधबार, मंसिर १९, २०८१
जिल्लाको रामपुर नगरपालिका– १ मा जनप्रतिनिधिसँग संवाद कार्यक्रम भएको छ । नगरपालिकाको आयोजनामा उक्त कार्यक्रम भएको हो ।
पाल्पामा दुई पालिकाको आयोजनामा सुन्तला महोत्सव हुँदै
बुधबार, मंसिर १९, २०८१
पाल्पामा दुई पालिकाको आयोजनामा सुन्तला महोत्सव हुुन लागेको छ । पश्चिम पाल्पाका रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाको संयुक्त आयोजनामा मंसिर २२ र २३ गते महोत्सव हुन लागेको हो ।
तानसेनमा आर्किटेक डिजाइन प्रमाणीकरण सम्बन्धी छलफल
बुधबार, मंसिर १९, २०८१
तानसेन नगरपालिको आयोजनामा मंसिर १९ गते नगरका समुदायसँग प्रत्यक्षरुपमा कार्यान्वयन हुने मखनटोलस्थित दरबार परिसरका सरोकारवालाबिच यनोसद्वारा तयार गरिएको आर्किटेक डिजाइन प्रमाणीकरण सम्बन्धमा आयोजित छलफलमा सहभागीहरु ।
काठमाडौँको टुँडिखेलमा एकजना मृत फेला
बुधबार, मंसिर १९, २०८१
काठमाडौँको टुँडीखेलस्थित गोल पोस्ट नजिकै एकजना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँ महानगरपालिका–२२ टुँडिखेलस्थित गोल पोस्ट नजिकै मकवानपुर घर भएका ४५ वर्षीय बद्रीप्रसाद सिलवाल मृत फेला परको निजका साथमा रहेको नेपाली नगरिकता प्रमाणपत्रबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।


