नवजनचेतना राष्ट्रिय दैनिक २०८१ मंसिर १ गते शनिबार
शनिबार, मंसिर १, २०८१
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
शनिबार, मंसिर १, २०८१
कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बुलिङटारमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । बुलिङटार गाउँपालिका–२ भाङबारीमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका तनहुँको देवघाट गाउँपालिका–२ नरमका २१ वर्षीय विकाश थापाको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दार्चुला जिप दुर्घटना : आठ जनाको मृत्यु, पाँच घाइते
शुक्रबार, कात्तिक ३०, २०८१
दार्चुलामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव...
रामपुरमा अचेत अवस्थामा भेटिएका पुुरुषको मृत्यु
शुक्रबार, कात्तिक ३०, २०८१
जिल्लाको रामपुर नगरपालिका– ५ भम्बकमा अचेत अवस्थामा भेटिएका एक पुुरुषको मृत्यु भएको छ । शुक्रबार विहान भम्बकका ५४ वर्षीय रामु काफ्ले आफ्नै घर नजिक रहेको गोबर ग्यासको सेफ्टि ट्याङ्की माथि घोप्टो परी अचेत अवस्थामा फेला परेका थिए । उनलाई इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोलीले उद्दार गरी रामपुर अस्पताल...
देशका ७७ वटै जिल्ला पूर्ण खोप घोषणा
शुक्रबार, कात्तिक ३०, २०८१
सरकारले पाँच वर्षमुनिका बालबालिकालाई दिने नियमित खोप पूरै लगाएको हुनुपर्छ । कुनै खोप छुटेमा पछि गएर संक्रामक रोग लाग्ने र अरू बालबालिकालाई पनि सार्ने जोखिम हुन्छ । यो जोखिमबाट बचाउन सरकारले सबै बालबालिकालाई पूर्ण खोप दिर्दै आएको छ ।
स्याङ्जामा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
शुक्रबार, कात्तिक ३०, २०८१
आँधीखोला गाउँपालिकाले पालिकाका गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । घरमा नै सुत्केरी हुने दरलाई शून्यमा झार्न र गर्भवती, सुत्केरी तथा नवजात शिशुको स्वास्थ्यलाई दृष्टिगत गरी पालिकाले स्वास्थ्य संस्थासम्म पुग्न निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको हो ।
गुरु नानक जयन्ती मनाइँदै
शुक्रबार, कात्तिक ३०, २०८१
आज शिख सम्प्रदायका प्रवर्तक गुुरु नानकका जन्म जयन्ती मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो ।
बुटवलले विर्सेको इतिहास ?
शुक्रबार, कात्तिक ३०, २०८१
भारतमा व्यापारको निहुँमा प्रवेश गरेका अंग्रेजहरुले विस्तारै त्यहांँको व्यापार मात्र होइन सत्ता समेत कब्जा गरे । त्यही दौरानमा अंग्रेजहरु भारतबाट नजिक पर्ने अन्य राष्ट्रमा समेत व्यापारको साम्राज्य विस्तार गर्ने चाहाना अनुरुप तिब्वतमा प्रवेश गर्न चाहान्थे र यसका लागि नेपाल सहज सरल र छोटो बाटो मानिन्थ्यो । अब अंग्रेजहरु यही बाटोको...
डेंगुको जोखिम कायमै छ, बेवास्ता नगरौं
शुक्रबार, कात्तिक ३०, २०८१
डेंगु संक्रमणको जोखिम अझै कायम नै छ । कार्तिक महिना सकिन लाग्दा समेत डेंगुका विरामीहरुको अस्पतालमा चाप देखिन्छ । विशेषतः डेंगुको जोखिम जुलाईदेखि सेप्टेम्बरसम्म रहने भनिए पनि नोभेम्वर महिनाको दोस्रो हप्ता सकिन लाग्दा समेत डेंगुका विरामीहरु भेटिएका छन् । यस वर्ष मात्र २२ हजारभन्दा बढी व्यक्ति डेंगु संक्रमित भएका छन् ...
‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
बिहीबार, कात्तिक २९, २०८१
लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा सर्वाधिक कमाउने चलचित्र बनेको छ । निर्माता विनोद पौडेलले चलचित्रले प्रदर्शनको १४औँ दिनसम्म आइपुग्दा रु २७ करोड सङ्कलन गरेको जानकारी दिए ।
नेप्से परिसूचक उकालो लाग्दा १० अर्ब ३२ करोडको कारोबार
बिहीबार, कात्तिक २९, २०८१
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ९५ अङ्कले उकालो लागेर दुई हजार सात सय ४८ दशमलव ७८ मा पुगेको छ ।
सुन तोलामा दुई हजार दुई सयले घट्यो
बिहीबार, कात्तिक २९, २०८१
बिहीबार एकैदिन सुनको भाउ प्रतितोला २ हजार २ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनाका प्रतितोला २ हजार २ सयले घटेको हो ।
वास्तुशास्त्र अनुसार भूमिको परीक्षण प्रकृया !
बिहीबार, कात्तिक २९, २०८१
भूमिखण्डमा घर बनाउन आवश्यक भैसकेको छ र अन्यत्र आफ्नो घडेरी छैन भएकै ठाउँमा घर बनाउनु पर्नेछ । तर छिमेकीहरूले फोहोर, मैला फालेर कुरूप बनाएका छन्, वातावरण दूषित छ अर्थात् घडेरीमा पानी जम्ने खाल्टो छ, पुरानो बस्ती, श्मशान, ओढार, मन्दिर जस्ता संरचना भएर माटो नै नराम्रो छ भने यो शल्योद्धार (निर्मलीकरण)...


