अन्तर्राष्ट्रिय भन्सार दिवस
मंगलबार, माघ १३, २०७७
गुल्मी मालिकामा दुई पक्की पुलको बन्दै
सोमबार, माघ १२, २०७७
जिल्लाको मालिका गाउँपालिकामा दुई पक्की पुला बन्न लागेका छन् । गाउँपालिकाको वडा नं. ३ र ४ को सिमानामा पर्ने सिलादी,घमिर, अर्खावाङ्, दलिङ्ग, भिमघिटी सडक जोड्ने पुलको शिलान्यास गरिएसँगै पुल बन्न लागेका हुन् छ । वडा नं–६ अर्जै स्थित अर्जैबेसी खोलामा सिन पक्की पुलको शिलान्यास गरिएको छ ।
चोरी भएका २४ मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइयो
सोमबार, माघ १२, २०७७
चोरी भएका मोटरसाईकल भेटाई सम्बन्धित धनीलाई जिम्मा लगाइएको छ । काठमाडौंका विभिन्न स्थानबाट हराएका २४ मोटरसाइकल खोजतलास गरी महानगरीय ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको हो ।
मुसिकोटका ३४ सय ६० घरधुरीमा खानेपानी पुग्यो
सोमबार, माघ १२, २०७७
बिहान उज्यालो हुन नपाउँदै डोकोमा गाग्री बोकी घण्टौं समय लगाएर खानेपानी बोक्दै आएका गुल्मी मुसिकोट नगरपालिका ३ तोदालीका स्थानीय अहिले घर–घरमा खानेपानीको धारा पुगेपछि दङ्ग छन् । वर्षौंदेखि खानेपानीको निकै कष्ट भोग्न बाध्य यस क्षेत्रका स्थानीयलाई बिहान उठेपछि अरु कामकाज भन्दा खानेपानीको जोहो गर्नु पर्दा निकै पिरलो हुन्थ्यो, तर अहिले...
खोपले ल्याएको खुसी
सोमबार, माघ १२, २०७७
कोरोना भाइरस विरुद्धको १० लाखको खोप नेपाल आइपुगेको छ । नेपाल सरकारलाई भारत सरकारले अनुदानमा उपलब्ध गराएका ती खोप बिहीबार काठमाडौं झारिएसँगै नेपालीहरुमा खुसी छाएको छ । यसले सबै नागरिकमा ढिलोचाँडो खोप लगाउन पाइन्छ कि भन्ने आशासँगै खुसी छाएको छ ।
गुल्मीको चन्द्रकोटमा १५ शैयाको अस्पताल भवन शिलान्यास
आइतबार, माघ ११, २०७७
जिल्लाको चन्द्रकोट गाउँपालिकामा १५ शैयाको अस्पताल भवनको शिलान्यास गरिएको छ । भवनको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले आइतबार एक कार्यक्रमका बिच शिलान्यास गरेका हुन् ।
गुल्मीमा मन्त्री ज्ञवालीलाई राष्ट्रिय परिचय पत्र दिदै वितरणको सुरुवात
आइतबार, माघ ११, २०७७
नेपाल सरकाकरका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई राष्ट्रिय परिचय पत्र दिदै गुल्मीमा वितरण कार्यको सुरुवात गरिएको छ । जिल्ला प्रशासन कार्यालयले ज्ञवालीलाई परिचय पत्र प्रदान गर्दै वितरण कार्यको सुरुवात गरेको हो । मन्त्री ज्ञवालीले गतवर्षको साउन ३२ गते जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमका बिच विवरण दर्ता गराएका थिए ।
लुम्बिनी विकासका लागि प्रदेशबीच सहकार्य गरिने
आइतबार, माघ ११, २०७७
लुम्बिनीको विकास र प्रर्वद्धनका लागि प्रदेश सरकारले सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । लुम्बिनीको अध्ययन भ्रमण पश्चात् मुलुकका सातै प्रदेशका मन्त्री, सचिवले उक्त प्रतिवद्धता व्यक्त गरेका हुन् ।
पद र सत्तालोलुप प्रवृत्तिले कम्युनिष्टमा विभाजन : पोखरेल
आइतबार, माघ ११, २०७७
नेकपा ओली समूहका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेश इञ्चाज शंकर पोखरेलले पद र सत्ताको लोभले गर्दा कम्युनिष्टमा विभाजन आएको बताएका छन् । ओली पक्षीय अगुवा कार्यकर्ता भेलालाई शनिबार तानसेनमा सम्वोधन गर्दै उनले प्रचण्ड–माधव र झलनाथ खनालको सत्ता र पद लोभका कारण कम्युनिष्ट आन्दोलनमा विभाजन आएको बताएका हुन् ।
आज तानसेनमा बजाजको फ्रि सर्भिस क्याम्प हुँदै
आइतबार, माघ ११, २०७७
पाल्पाको तानसेनमा रहेको भैरव अटोमोटिभ्सले आजदेखि फ्रि सर्भिस क्याम्प सञ्चालन गर्न लागेकोे छ । तानसेनका लागि बजाज मोटरसाईकलको एकमात्र आधिकारिक विक्रेता भैरव अटोमोटिभ्सले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनज गर्दै आइतबार र सोमबारका लागि फ्रि सर्भिस क्याम्प सञ्चालन गर्न लागेको हो ।


