तानसेनमा भएको जिप दुर्घटनामा परी दुईको मृत्यु
मंगलबार, चैत २४, २०७७
पत्रकार महासंघ पाल्पामा अध्यक्षका उम्मेदवार भन्छन् : ‘महासंघलाई साझा संगठन बनाउन्छौ’
मंगलबार, चैत २४, २०७७
नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको चुनाव बुधबार हुँदैछ । महासंघको २६ औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने दिन नजिकिँदै गर्दा सामाजिक सञ्रुजाल पत्रकारहरूकै आकर्षक तस्विर र नाराले रंगिएका छन् । महाधिवेशनले पत्रकारिताको बजार तातेको छ । उम्मेदवारहरुलाई मतदातासँग मत माग्ने चटारो छ । चैत २५ मा हुने निर्वाचनबाट...
खेल क्षेत्रको विकासमा ध्यान देऊ
मंगलबार, चैत २४, २०७७
आज विश्व खेलकुद दिवस विश्वभर मनाइदै छ । ‘अन्तराष्ट्रिय विकास र शान्तिका लागि खेलकुद दिवस’ भन्ने मूल नाराका साथ आज अप्रिल ६ मा अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाइँदै छ । खेलकुदका माध्यमबाट विश्वभरको गरिबी उन्मूलन, असमानतारहित, सुन्दर र शान्त समाजको सन्देश प्रवाह गर्नका लागि विश्वभर यो दिवस मनाउन थालिएको हो ।...
कुमारी बैंकद्धारा सरसफाईसँगै डस्टविन वितरण
मंगलबार, चैत २४, २०७७
कुमारी बैंक लिमिटेड तानसेन शाखाका शाखा प्रवन्धक अम्बिका प्रसाद बस्यालद्वारा रणउजेश्वरी भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयलाई डस्टविन वितरण गरिदै । बैंकले आफ्नो २० औं वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भगवती मन्दिरका लागि फोहोर संकलन गर्ने डस्टविन दिएको छ ।
अटो व्यवसायीहरुलाई क्यूआर कोड वितरण
मंगलबार, चैत २४, २०७७
बुटवलका अटो व्यवसायीहरुलाई क्यूआर कोड वितरण गरिएको छ । कामना सेवा विकास बैंकले बुटवल अटो इन्जिनियरिङ एसोसिएसनको २५ औं वार्षिक साधारणसभाका अवसरमा एसोसिएशन आवद्ध अटो व्यवसायीहरुलाई क्यूआर कोड वितरण गरेको हो । आम नागरिक माझ डिजिटल बैकिङ सेवाको पहुँच विस्तार गर्ने लक्ष्यसहित बैंकले क्यूआर कोड वितरण गरेको जनाएको छ ।
मनकामना केबुलकार ६ दिन बन्द हुने
मंगलबार, चैत २४, २०७७
मनकामना केबुलकार ६ दिन बन्द हुने भएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि ३० गतेसम्म बन्द गरिने भएको हो । केबुलकारको स्तरोन्नतिको पहिलो चरण मध्येको कार्यअनुसार बुल ह्विल बेरिङ नयाँ फेर्नाका साथै बुल ह्विल र अन्य मर्मतसम्भारका लागि केबुलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका...
सारेम २३ वर्षमा, बोली र भित्तेपात्रो विमोचन
सोमबार, चैत २३, २०७७
पाल्पा, जिल्लाको तानसेन नगरपालिका ९ दमकडामा रहेको सामुदायिक रेडियो मदनपोखरा (सारेम) २३ औं वर्षमा प्रवेश गरेको छ । सामुदायिक बहुसञ्चार केन्द्र मदनपोखरा पाल्पाद्वारा सञ्चालित रेडियोले विभिन्न कार्यक्रमहरुको आयोजना गरी स्थापना दिवस मनाएको छ । रेडियोले सोही अवसरमा पत्रिका बोली र सारेम भित्तेपात्रोको सामूहिक विमोचन गरेको छ ।
वायु प्रदूषण : बाहिर ननिस्कन विज्ञको सुझाव
सोमबार, चैत २३, २०७७
वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकाले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनैपर्ने अवस्था भए मास्कको प्रयोग गर्न आग्रह गरेका हुन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा.मेघनाथ धिमालले वन जङ्गलमा डढेलो लाग्दा वायु प्रदूषण भएकाले अत्यावश्यक काम बाहेक बाहिर ननिस्न र निस्कन...
पाल्पामा तानसेनका ५ जना सहित थप ७ जनामा कोरोना पुष्टि
सोमबार, चैत २३, २०७७
गत चैत २१ गतेदेखि चैत २३ गतेसम्म गरिएको परीक्षणमा १ जना पुरुष र ६ जना महिला गरी ७ जनामा कोरोना पुष्टि भएको छ । ८८ जनाको पिसिआर परीक्षण गरिएकोमा ७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना पुष्टि हुनेहरुमा तानसेन नगरपालिका तथा अस्पतालका ५ जना,पूर्वखोला गाउँपालिकाका १ जना...
बाढीपहिरोका कारण २० को मृत्यु
सोमबार, चैत २३, २०७७
बाढी पहिरोका कारण इन्डोनेसियामा कम्तीमा २० जनाको मृत्यु भएको छ । घटनामा परेका अरु पाँच जना अझै पनि बेपत्ता नै रहेका छन् भने अरु नौ जना घाइते भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । देशको इस्ट नुसा तेन्गारा प्रान्तमा आइतबार बिहानै बाढी पहिरो आएको राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयले जनाएको...
दिवा खाजाले विद्यार्थी नियमित
सोमबार, चैत २३, २०७७
सामुदायिक विद्यालयमा सुरु गरिएको दिवा खाजा कार्यक्रमले विद्यार्थीको संख्या बढेको छ । शैक्षिक गुणस्तर सुधारका लागि भन्दै पाल्पाका केही स्थानीय सरकारहरुले सामुदायिक विद्यालयमा लागू गरेको दिवा खाजा कार्यक्रमले विद्यार्थीहरू नियमित रुपमा विद्यालयमा आउन थालेका हुन् । विद्यालयमा दिवा खाजाको व्यवस्था भएपछि विद्यार्थीको उपस्थितिमा वृद्धि भएको पाइएको छ ।


