Shittalpati
उपभोक्ता ठगी गर्ने कारबाहीमा
उपभोक्ता ठगी गर्ने कारबाहीमा अब बुटवलमा कुनै व्यवसाय गर्ने व्यवसायीले गुणस्तर कायम नगरे र उपभोक्ताको हितलाई ध्यान नदिए कारबाहीमा पर्ने भएका छन् । कालाबजारी, खाद्य पदार्थमा मिसावट, म्याद नाघेको खाद्य तथा पेय पदार्थको बिक्री वितरण भएको गुनासो निरन्तर बढ्दै गएकाले उपमहानगरले अनुमगन गरी त्यस्ता व्यवसायीलाई कारबाही थालेको छ । 
पाल्पाबाटै सवारी लाइसेन्स परीक्षा आवेदन
पाल्पाबाटै सवारी लाइसेन्स परीक्षा आवेदन पाल्पामै पहिलो पटक सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षाको लागि आवेदन खुला गरिएको छ । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले जेठ ३० गतेदेखि अनलाइन प्राणालीमार्फत मोटरसाइकल र स्कुटीको लाइसेन्सको लागि आवेदन खुला गरेको जनाएको छ ।
तानसेनका उद्योगी तथा व्यवसायीलाई कर सम्बन्धी तालिम
तानसेनका उद्योगी तथा व्यवसायीलाई कर सम्बन्धी तालिम तानसेनका उद्योगी तथा व्यवसायीहरुका लागि दुई दिने कर सम्बन्धी तालिम सञ्चालन गरिएको छ । उद्योगी व्यवसायीहरुलाई कर शिक्षा र कानुनी व्यवस्थाका बारेमा जानकारी गराउने उद्देश्यले तानसेनमा मंगलबारदेखि तालिम सञ्चालन गरिएको हो ।
होटल व्यवसायीको ‘जाऊँ हिँड रेसुङ्गा’ अभियानमा चासो
होटल व्यवसायीको ‘जाऊँ हिँड रेसुङ्गा’ अभियानमा चासो जिल्लाका होटल व्यवसायीहरुले रेसुङ्गा नगर सरकारले सञ्चालन गरेको ‘जाऊँ हिँड रेसुङ्गा’ अभियनमा चासो देखाएका छन् । उनीहरुले नगर सरकारले जेठ २१ गतेदेखि शुभारम्भ गरेको सो अभियानलाई सफल बनाउन प्रचार–प्रसार कार्यलाई तिव्रता दिने कुरामा चासो देखाएका हुन् ।
ज्ञानेन्द्र अटोले सार्वजनिक गर्‍यो यामाहाको हाइब्रिड स्कुटर
ज्ञानेन्द्र अटोले सार्वजनिक गर्‍यो यामाहाको हाइब्रिड स्कुटर पाल्पाको लागि यामाहाको आधिकारी विक्रेता ज्ञानेन्द्र अटो वक्सले स्मार्ट मोटर जेनेरेटरसहितको पहिलो हाइब्रिड स्कुटर रे जेडआर १२५ सार्वजनिक गरेको छ ।
बालाजी सिमेन्टद्वारा भारतमा निर्यात सुरु
बालाजी सिमेन्टद्वारा भारतमा निर्यात सुरु कपिलवस्तुको बालाजी सिमेन्ट इण्डस्ट्रिजले आजदेखि भारतमा सिमेन्ट निर्यात सुरु गरेको छ । कम्पनीले उत्पादन गरेको ‘बाहुबली’ र ‘श्रृष्टी’ ब्राण्डका पिपिसि सिमेन्ट भारत निर्यात सुरु गरेको हो ।
पाल्पाको रम्भाबाट ३ सय ७२ बोरा अवैध युरिया मल बरामद
पाल्पाको रम्भाबाट ३ सय ७२ बोरा अवैध युरिया मल बरामद जिल्लाको रम्भा गाउँपालिकाबाट ३ सय ७२ बोरा अवैध युरिया मल बरामद भएको छ । भारतीय बजारबाट भन्सार छलेर ल्याइएका २ लाख ९७ हजार ६ सय मूल्य बराबरका ३ सय ७२ बोरा युरिया मल रम्भा –१ हुँगीस्थित कालीगण्डकी करिडोर सडक खण्डबाट बरामद भएको हो ।
व्यापार घाटा रु १२ खर्ब चार अर्ब
व्यापार घाटा रु १२ खर्ब चार अर्ब चालु आर्थिक वर्षको १० महिनामा कूल वस्तु व्यापार घाटा १५ दशमलवनौ प्रतिशतले कमी आई रु १२ खर्ब चार अर्ब ४२ करोड कायम भएको छ ।नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार गत आवको सोही अवधिमा यस्तो घाटा २४ दशमलव नौ  प्रतिशतले बढेको थियो । 
पन्त ग्लोबल कन्सल्टयान्सीद्वारा सिएसडी एक्सीलेन्स प्रोग्राम प्रशिक्षण
पन्त ग्लोबल कन्सल्टयान्सीद्वारा सिएसडी एक्सीलेन्स प्रोग्राम प्रशिक्षण पन्त ग्लोबल कन्सल्टयान्सीले सिएसडी एक्सीलेन्स प्रोग्राम प्रशिक्षण प्रदान गरेको छ । बैंक तथा वित्तीय संस्थामा कर्मचारीहरुले ग्राहक सेवा विभागमा गरिने विविध कार्यहरुमा उच्चस्तरको सेवा सुविधामा जोड दिने उद्देश्यले यो प्रशिक्षण कार्यक्रम गरिएको हो ।
मदिरा उत्पादकदेखि बिक्रेतासम्मको लाइसेन्स र नवीकरण दस्तुर बढ्यो
मदिरा उत्पादकदेखि बिक्रेतासम्मको लाइसेन्स र नवीकरण दस्तुर बढ्यो सरकारले आर्थिक विधेयक, २सरकारले आर्थिक विधेयक, २०८० मार्फत मदिरा र सूर्तीजन्य वस्तुको उत्पादक, वितरक तथा बिक्रेताको इजाजतपत्र (लाइसेन्स) र नवीकरण दस्तुर बढाएको छ । आर्थिक विधेयकमार्फत अन्तःशुल्क नियमावली, २०७९ मा भएको संशोधन तथा परिमार्जनबारे आन्तरिक राजस्व विभागले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार स्प्रिट, बियर, इथानोल र अन्य मरिदा उत्पादन गर्ने प्रतिष्ठानको...
वार्षिक आम्दानी अनुसार कति तिर्ने आयकर ?
वार्षिक आम्दानी अनुसार कति तिर्ने आयकर ? सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत करका विभिन्न दर हेरफेर गर्यो । आर्थिक विधेयक २०८० मार्फत सरकारले आयकरसम्बन्धी व्यवस्थामा पनि संशोधन गरेको छ । वार्षिक करयोग्य आय रू २० लाखभन्दा बढी भएका व्यक्तिले तिर्नुपर्ने आयकर बढाइएको छ ।
Weather Update