दोस्रो त्रैमासिकसम्मको आर्थिक वृद्धिदर ऋणात्मक
सोमबार, वैशाख १८, २०८०

१३ औं पाल्पा महोत्सव जारी, दिनप्रतिदिन दर्शकको उत्साह बढ्दै
आइतबार, वैशाख १७, २०८०
१३ औं पाल्पा महोत्सवमा दर्शकको दिनप्रतिदिन उत्साह बढ्दै गएको छ । वैशाख १४ गतेदेखि सुरु भएको महोत्सवमा २२ हजार बढी दर्शकले अवलोकन गरिसेका छन् । पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनामा भएको महोत्सवको तेस्रो दिन शनिबार परेकोले पनि दर्शकहरुको उल्लेख्य उपस्थिति रह्यो ।

नेपालमा उत्पादित सवारी दर्ता गर्न बाटो खुल्यो
आइतबार, वैशाख १७, २०८०
नेपालमा उत्पादित सवारी दर्ता गर्न बाटो खुलेको छ । सरकारले नेपालमै बनेका सवारी दर्ता गर्न कानुनी बाधा फुकाएसँगै दर्ताका लागि बाटो खुला भएको हो । यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा संशोधन गर्दै यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन हुने सवारी दर्ता सम्बन्धी विशेष व्यवस्था गरेको छ ।

एभरेष्ट बैंकले गाडी किन्न कर्जा दिने
शनिबार, वैशाख १६, २०८०
एभरेष्ट बैंक लिमिटेडले गाडी किन्न कर्जा दिने भएको छ । उसले एसएमएल इसुजुका स्कुल बस, रुटबस, ट्रक, ट्रिपर किन्नका लागि कर्जा दिने भएको हो ।

टुँडिखेलमा पाल्पा महोत्सव सुरू
शुक्रबार, वैशाख १५, २०८०
पाल्पाको तानसेनस्थित टुँडिखेलमा पाल्पा महोत्सव २०८० सुरु भएको छ । पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनामा ‘सम्मानित निजी क्षेत्रः समुन्नत नेपाल, हामी सबैको उत्सव, पाल्पा महोत्सव’ भन्ने मूल नाराका साथ १३ औं व्यापार महोत्सव ब्हिीबारदेखि सञ्चालन भएको हो । महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकालले उद्घाटन गरेका...

महिन्द्राको एक्सयूभी–३०० सार्वजनिक
शनिबार, वैशाख ९, २०८०
नेपाली बजारमा महिन्द्राको एक्सयूभी–३०० सार्वजनिक भएको छ । नेपाली ग्राकहरुको मागलाई मध्यनजर गर्दै महेन्द्रले एक्सयूभी–३०० सार्वजनिक गरेको हो ।

गणेश सहकारीले गर्यो समीक्षा तथा भावी योजनाको छलफल
बिहीबार, वैशाख ७, २०८०
जिल्लाको तानसेनमा रहेको गणेश बचत तथा ऋण सहकारी संस्थाले एक वर्ष भित्र भएका कार्यक्रम तथा गतिविधिहरुको समीक्षा तथा आगामी वर्षको योजनाका बारेमा छलफल गरेको छ । सहकारीले २०७९ सालमा भए गरेका गतिविधिहरुको व्याापक समीक्षा र २०८० मा गर्ने कार्यक्रम तथा योजनाका विषयमा छलफल गरेको हो ।
.jpg)
पाल्पा उद्योग वाणिज्यको सम्मान तथा क्यालेण्डर विमोचन, महोत्सवको तयारी तिव्र
बुधबार, वैशाख ६, २०८०
पाल्पा उद्योग वाणिज्य संघले संघको प्रदेश र केन्द्रीय तहमा निर्वाचित सदस्यहरुलाई सम्मान तथा नयाँ वर्ष २०८० को क्यालेण्डर विमोचन गरेको छ । संघले मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना गरी सम्मान तथा क्यालेण्डर विमोचन गरेको हो ।

लुम्बिनी विशिष्टीकृत सहकारी संघले पाल्पाका दुग्ध उत्पादक किसानलाई सहयोग गर्ने
सोमबार, वैशाख ४, २०८०
लुम्बिनी विशिष्टीकृत सहकारी संघ लिमिटेडले पाल्पाका दुग्ध उत्पादन गर्ने कृषकहरुलाई प्रशोधनका क्षेत्रमा सहयोग गर्ने भएको छ । उसले रुपन्देहीको तिलोतमा नगरपालिकामा दुग्ध उत्पादन तथा परियोजनामार्फत आर्थिक समृृद्धिका लागि दुग्ध प्रशोधनका क्षेत्रमा सहयोग गर्ने भएको हो ।

भैरहवाबाट दिल्ली र क्वालालाम्पुरमा उडान हुँदै
आइतबार, वैशाख ३, २०८०
आगामी जेठ दोस्रो सातादेखि भारतको नयाँ दिल्ली र मलेसियाको क्वालालम्पुरमा सिधा उडान हुने भएको छ । नेपाल एयरलाइन्सले भैरहवालाई दुई गन्तव्यमा जोड्ने गरी उडानको तयारी थालेको छ ।

ग्लोबलका ग्राहकलाई दराजको सामान किन्दा उपहारसँगै छुट
बिहीबार, चैत ३०, २०७९
लोबल आइएमई बैंकले आफ्ना ग्राहकका लागि दराजबाट सामान किन्दा उहपारसँगै छुट दिने योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै उपहार र छुट सार्वजनिक गरेको हो ।

२९ दशमलव नौ प्रतिशतले घट्यो निर्यात
मंगलबार, चैत २८, २०७९
चालु आर्थिक वर्षको आठ महिनामा रु एक खर्ब ४ अर्ब ८० करोड बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ दशमलव १ प्रतिशतले निर्यातमा कमी हो । अघिल्लो वर्ष निर्यात ८२ दशमलव नौ प्रतिशतले बढेको थियो ।

लघुवित्त ‘पीडित’ सडकमा
मंगलबार, चैत २८, २०७९
लघुवित्त वित्तीय संस्थाहरूले ज्यादती गरेको भन्दै पाल्पासहित देशभर आन्दोलन भइरहेको छ । लघुवित्त वित्तीय संस्थाहरूले आफुहरुलाई पीडा दिँदा समेत सरकार मौन रहेको भन्दै लघुवित्त पीडितहरु सडकमा उत्रिएका हुन् । उनीहरुले संघर्ष समिति बनाएर सरकारलाई दवाब दिने गरी आन्दोलनमा उत्रिएका छन् ।