महिलाहरुलाई नेतृत्व विकासका लागि तालिम दिदै पाल्पा जेसिज
बुधबार, जेठ १६, २०८१
पर्यटन क्षेत्रमा ११ अर्ब ९१ करोड बजेट, लुम्बिनीलाई ‘बर्थिङ’ हब बनाइने
मंगलबार, जेठ १५, २०८१
सरकारले पर्यटन क्षेत्रमा ११ अर्ब ९१ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१÷०८२ को बजेट सार्वजनिक गर्दै पर्यटन क्षेत्रमा सो बजेट विनियोजन गरेको बताएका हुन् ।
बजेट वक्तव्य : प्रदेश र स्थानीय तहका लागि रु पाँच खर्ब ६७ अर्ब विनियोजन
मंगलबार, जेठ १५, २०८१
सङ्घीय सरकारबाट हुने वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँटबाट आगामी आर्थिक वर्ष २०८१/८२ मा प्रदेश र स्थानीय तहका लागि रु पाँच खर्ब ६७ अर्ब बराबर हस्तान्तरण हुने अनुमान गरिएको छ ।
रुपन्देहीमा २०७ उद्योग बन्द
सोमबार, जेठ १४, २०८१
रुपन्देहीमा चालु आर्थिक वर्ष २०८०/८१ मा दुई सय सात उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका कार्यालय प्रमुख नेत्रप्रसाद भुसालका अनुसार चालु आवको वैशाखसम्ममा रुपन्देहीमा दुई सय सात उद्योगले कार्यालयबाट लगत कट्टा गराएका छन् ।
आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे
आइतबार, जेठ १३, २०८१
नेपालको संविधानअनुसार आर्थिक वर्ष २०८१÷२०८२ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० यही जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने भएको छ ।
तानसेनमा मधुमेहका विरामीको आँखा जाँच
शनिबार, जेठ १२, २०८१
तानसेनमा मधुमेहका विरामीहरुको आँखा जाँच गरिएको छ । मधुमेहका विरामीहरुलाई केन्द्रविन्दु बनाएर नेपाल नेत्र ज्योती संघ पाल्पा लायन्स लाकौल आँखा अस्पताल तानसेनमा आँखा जाँच गरिएको हो ।
हामी आफै सुध्रिऔं, आलोचना गर्ने परम्पराले कहिल्यै विकास हुँदैन : मन्त्री बस्नेत
शनिबार, जेठ ५, २०८१
लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा सहकारी मन्त्री खड्ग बस्नेतले आफै सुध्रिए विकास स्वतः हुने बताएका छन् । पाल्पा उद्योग वाणिज्य संघले शनिबार तानसेनमा आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै हामी आफै सुध्रिए विकास स्वतः हुने बताएका हुन् ।
मोबाइल बैंकिङ र क्यूआरको प्रयोग बढ्दो
शनिबार, जेठ ५, २०८१
प्रविधिमा पहुँच बढेसँगै मोबाइल बैंकिङ, क्विक रेस्पोन्स (क्यूआर) वाटेललगायतमा सेवाग्राहीको आकर्षण बढ्दो रहेको छ । चिया पसल र रेस्टुराँदेखि हस्पिटालिटी सेक्टरसम्म भुक्तानीको सहज माध्यम बनेको यी उपकरण बनेका छन् ।
सुनको मूल्य हालसम्मकै उच्च
शुक्रबार, जेठ ४, २०८१
विहीबार नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार प्रतितोलामा एक हजार छ सय रुपैयाँले बढेर उच्च रेकर्ड कायम गरेको हो । मूल्य बढेर प्रतितोला सुनको मूल्य १ लाख ४० हजार कायम भएको छ ।
बजेट खर्च दश महिनामा ६० प्रतिशत
बिहीबार, जेठ ३, २०८१
आर्थिक वर्ष २०८०/०८१ सकिन केहि समय मात्रै बाँकी रहँदा बजेट खर्च अत्यन्तै कम देखिएको छ । चालु आर्थिक वर्षको १० महिनामा बिनियोजित कूल बजेटको ६० प्रतिशत मात्र खर्च भएको छ ।
नेप्से परिसूचक नौ दशमलव ५४ अङ्कले घट्यो
बुधबार, जेठ २, २०८१
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा नौ दशमलव ५४ अङ्कको गिरावट देखिएको छ । आज परिसूचक शून्य दशमलव ४७ प्रतिशतले घटेर दुई हजार १७ दशमलव ९७ को बिन्दुमा कायम भएको हो ।
आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य
बुधबार, जेठ २, २०८१
आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ सार्वजनिक गरेको सोहौँ योजनाको लक्ष्यअन्तर्गत आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य राखिएको हो ।


