मुक्तिनाथ सहकारीको साधारण सभा तथा अधिवेशन, अध्यक्षमा पचभैया
मंगलबार, पुस २८, २०७७
राष्ट्रिय परिचयपत्रका लागि ९४ हजारले विवरण दर्ता गराए
मंगलबार, पुस २८, २०७७
गुल्मीका स्थानीय तहरुमा ९४ हजार ३५ जना नागरिकले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका छन् । जिल्लामा गत कार्तिक २३ गतेदेखि जिल्लाका स्थानीयतमै पुगि विवरण दर्ताको कार्य शुरु गरिएको थियो । जसमा जिल्लाको गुल्मीदरबार गाउँपालिकाबाट विवरण दर्ताको कार्य शुरु भएको थियो ।
राजनीति भन्दा माथि उठे मात्र सहकारीको विकास सम्भव : सांसद राना
सोमबार, पुस २७, २०७७
लुम्बिनी प्रदेशका सांसद वीरबहादुर रानाले सहकारी अभियान्ताहरु राजनीति भन्दा माथि उठे मात्र सहकारीको विकास सम्भव रहेको बताएका छन् । सोमबार बचत तथा ऋण सहकारी संघ पाल्पाको २१ औं साधारण सभालाई तानसेनमा सम्बोधन गर्दै सांसद रानाले यस्तो बताएका हुन् ।
विद्यार्थीका लागि ‘एनसेल अडियो क्लास’
सोमबार, पुस २७, २०७७
एनसेल आजियाटा लिमिटेडले विद्यार्थीका लागि ‘एनसेल अडियो क्लास’ सुरु गरेको छ । एनसेलको सिमकार्ड प्रयोग गर्ने विद्यार्थीहरुको पठन–पाठनलाई सहज बनाउन एनसेलले ‘एनसेल अडियो क्लास’ सुरु गरेको हो । विद्यार्थीले अब आफ्नो आवश्यकता अनुसार विभिन्न विषयहरु कुनै पनि समय जहाँ भएपनि सजिलै अडियो मार्फत अध्ययन गर्न सक्ने छन् ।
भुसलडाँडा होटल व्यवसायी समितिको अध्यक्षमा सापकोटा
आइतबार, पुस २६, २०७७
तानसेनको भुसलडाँडामा गठित होटल व्यवसायीहरुको संगठन भुसलडाँडा होटल व्यवसायी समितिको अध्यक्षमा जयराम सापकोटा निर्विरोध निर्वाचित भएका छन् । समितिको तानसेनमा बसेको १२औं साधारणसभा एवं छैठौं अधिवेशनले सापकोटालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
विज्ञापन ऐनको पालना नगर्नेलाई कारवाही
आइतबार, पुस २६, २०७७
सरकारले विज्ञापन ऐनको पालना नगर्ने टेलिभिजन च्यानललाई कारवाही गर्ने भएको छ । सरकारले गत वर्ष विज्ञापन (नियमन गर्ने) ऐन–२०७६ ल्याएपछि नेपाली टेलिभिजनले विदेशी डबिङ विज्ञापन रोक्नुपर्ने तर ऐन आएको १४ महिनासम्मसमेत उक्त कार्य नरोकेपछि विज्ञापन बोर्डले कारवाहीको तयारी गरेको हो ।
एक सय ८० विपन्न परिवारको निःशुल्क स्वास्थ बिमा
आइतबार, पुस २६, २०७७
जिल्लाको माथागढी गाउँपालिकाले विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिदै आएको छ । गाउँपालिकाले आर्थिक अभावमा स्वास्थ्य बिमा गर्न नसकेका विपन्न परिवारको स्वास्थ्य बिमा गरिदिँदै आएको हो । गाउँपालिकाले यस वर्ष सामाजिक स्वास्थ्य बिमाबाट बञ्चित रहेका वडा ७ र ८ का १ सय ८० विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ ...
कृषि कर्जाका लागि ग्लोबल आइएमई बैंक र हेफर बिच सम्झौता
शनिबार, पुस २५, २०७७
व्यवसायिक कृषकहरुका लागि सहुलियपूर्ण कृषि कर्जा उपलब्ध गराउन ग्लोबल आइएमई बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपाल बिच सम्झौता भएको छ । कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउने उद्देश्यले यी दुई संस्थाबिच सम्झौता भएको हो ।
२० हजार भन्दा बढीले पाए कोरोना बिमाको भुक्तानी
बुधबार, पुस २२, २०७७
कोरोना बिमाको भुक्तानी पाउनेको संख्या २० हजार नाघेको छ । बिमा समितिका अनुसार सोमबारसम्म कुल २० हजार ७ सय ७५ जना संक्रमितले बिमा भुक्तानी पाएका छन् ।
प्याजको मूल्य घट्यो
सोमबार, पुस २०, २०७७
भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएपछि आकासिएको प्याजको मूल्य बिस्तारै घट्न थालेको छ । भारतले आन्तरिक उत्पादनमा कमी आएको भन्दै गत भदौ २९ गतेदेखि प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । प्याज निर्यातमा लगाउँदै आएको प्रतिबन्ध भारतले पुस १७ गते अर्थात् अंग्रेजी नयाँ वर्षबाट हटाएको हो ।
जन्मभूमिप्रति सधै चिन्तित छौं : सेवा समाज जापान
शनिबार, पुस १८, २०७७
जन्मभूमि प्रति आफुहरु सधै चिन्तित रहेको काँडेवास सेवा समाज जापानले जनाएको छ । बागलुड काँडेबासबाट सन् २०१५ मा रोजगारी एवं अध्ययनको शिलशिलामा जापानमा पुगेका व्यक्तिहरु संगठित समाज काँडेवासले आफ्नो जन्मभूमिप्रति सधै चिन्तित रहेको बताएको छ ।
‘सहकारीले अब बचत तथा ऋण कारोबार गरेर मात्र हुँदैन’
शुक्रबार, पुस १७, २०७७
तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाहीले सहकारीहरुले बचत तथा ऋण कारोबार मात्र गरेर नहुने बताएका छन् । आगन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तानसेन पाल्पाको प्रथम साधारण सभालाई बिहीबार तानसेनमा सम्बोधन गर्दै नगर प्रमुख शाहीले सहकारीहरुले आफ्नो क्षेत्रलाई व्यापक बनाएर जानुपर्ने भन्दै बचत तथा ऋण कारोबार मात्र गरेर नहुने बताएका हुन् ...
सानिमा बैंकले गर्यो ‘सजिलो ई–बैंकिङ्ग’ अपग्रेड
शुक्रबार, पुस १७, २०७७
सानिमा बैंकले ‘सानिमा सजिलो ई–बैंकिङ्ग’ अपग्रेड गरेको छ । बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै ओम्नी च्यानलमार्फत डिजिटल बैंकिङ्ग ‘सानिमा सजिलो ई–बैंकिङ्ग’ अपग्रेड गरेको हो ।


