Shittalpati
होटल श्रीनगरको पहिचान : ‘माउन्टेन मग क्याफेको शान’

जगदीश भट्टराई
तानसेन, तानसेनमा सञ्चालित होटल श्रीनगर प्रालिले छुट्टै पहिचान दिन सफल भएको छ । होटलले तानसेनमा आउने आन्तरिक तथा वाह्य पर्यटक र क्याफेका पारखी युवाहरुलाई आकर्षण गर्न माउन्टेन मग क्याफे सञ्चालनमा ल्याएर छुट्टै पहिचान दिन सफल भएको हो ।

तानसेनको शिरमा रहेको पुरानो होटल श्रीनगरले आफ्नो नयाँ प्रोडक्टका रुपमा माउन्टेन मग, क्याफे शुरु गरे पछि अहिले यहाँ कफीका पारखीहरुको भीडभाड दिनहुँ देख्न सकिन्छ । यति मात्र कहाँ हो र, यहाँ विभिन्न स्वादका कफी सँगै पिजा, वेकरिज, अनि पेस्टी आईटमका ताजा परिकारको स्वाद लिनका लागि छिमेकी मुलुक भारतबाट पनि पर्यटकहरु आउँने गरेको होटल श्रीनगरका म्यानेजर अशोक थापा बताउँछन् ।

थापा भन्छन्, ‘शुरु शुरुमा क्याफे शप चल्ला भनेर हामीले कमै आँकलन गरेका थियौ, तर कालान्तरमा यो शप अत्यन्त्यै लोकप्रिय भएर चलेको महशुस भएको छ, व्यापार राम्रो छ, स्थानीय पर्यटकहरु फेमिली समेत आउँन थाले पछि व्यापार ह्वात्तै बढको हो ।’ विगत चार दशकदेखि पर्यटन व्यवसायको राम्रो अनुभव गरेकी होटल श्रीनगरकी सञ्चालक सावित्री भूषाल भन्छिन्‘अब पुरानो शैलीबाट मात्रै पर्यटन व्यवसाय चल्दैनन्, नयाँ र आधुनिकता सँगै, उपभोक्ताहरुको पहिचान हेरेर स्वाद र परिकारमा पनि परिवर्तन गर्नुपर्ने बेला आएका कारण हामीले यसो गरेका हौ ।’

‘अचेलका पर्यटकहरु, घरको भन्दा फरक स्वादका लागि होटल धाउने हुँदा उनीहरुलाई मनपर्ने किसिमको स्वादको पहिचान गर्ने क्रममा यो क्याफे शप चलाउँनु पर्ने भएको हो, यसबाट कफीका पारखी पनि सन्तुष्ट छौं’ स्थानीय सन्दीप वैदवार भन्छन् । उनले यस्ता शपमा कफी खान बुटवल धाउँनुपर्ने हुन्थ्यो, तानसेनमा खुले पछि अहिले सहज भएको बताए । युवाहरुको आर्कषक, कफी पारखीहरु र युवा युवतीहरु आउँने गरेका कारण फ्रेस वेकरिज र कफीका उपभोक्ताहरु बढेका कारण पनि तानसेनमा पर्यटक प्रर्वद्धनमा सहयोग पुगेको होटलका सञ्चालक तथा पर्यटन व्यवसायी खेम श्रेष्ठको अनुभव छ ।

उनी भन्छन् ‘माउन्टेन मक, कफी तानसेनमै पहिलो हो, माउन्टेन मग, कफी हाई हल्टिच्युटमा उत्पादन भएको जापानी प्रविधिको प्रयोग मसिनोसँग भुटिएको कफीका दानालाई पिसेर,अर्गानिक प्रक्रियाबाट बनाईन्छ, यसमाऔषधीय गुण पनि हुने भएका कारण यो लोकप्रिय भएको हो ।’ सञ्चालक श्रेष्ठका अनुसार श्रीनगर होटलले, यहाँ हुने प्यारागलाईडिंगको टीकट बुकिंगका साथै बाहिरबाट आएका पर्यटकलाई गन्तव्य स्थानसम्म पु¥याउन र परिचय दिने खालका गाईडहरुको पनि व्यवस्था मिलाएको छ ।

प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update