Shittalpati
पाल्पामा शनिबार यामाहा रे जेडआर १२५ एफआई माइलेज च्यालेञ्ज आयोजना गरिदैं

पाल्पा, पाल्पामा यामाहा रे जेडआर १२५ एफआई माइलेज च्यालेञ्ज आयोजना हुँदै छ । यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले ज्ञानेन्द्र अटो वक्र्स यामाहा सोरुम पाल्पामा ग्राहकलाई यामाहा रे जेडआर १२५ एफआई र यसको माइलेजबारे जानकारी दिनका लागि शनिबार एफआई माइलेज च्यालेञ्ज र र्‍याली आयोजना गर्न लागेको हो ।

अत्याधुनिक फिचर र अभूतपूर्व डिजाइन भएको यामाहा रे जेडआर १२५ एफआई भर्खरै नेपाली बजारमा सार्वजनिक भएको छ । यो शक्तिशाली स्कुटरले मात्र ७.५९ सेकेन्डमा शून्यदेखि ६० किलोमिटर प्रति घण्टाको स्पिड लिन सक्ने कम्पनीले जनाएको छ । साथै पछिल्लो उत्सर्जन मापदण्ड बीएस ६ इन्जिनजडित यो स्कुटरले ५८ किलोमिटर प्रति लिटरको माइलेज दिन्छ । जुन बजारमा उपलब्ध अन्य जुनसुकै स्कुटरले दिने माइलेजभन्दा सबैभन्दा बढी रहेको कम्पनीले जनाएको छ । यामाहा रे जेडआर १२५ एफआई फ्युलइन्जेक्सन प्रविधिभएको एक मात्र (यामाहा फेसिनो १२५ एफआईपछि) स्कुटर हो । माइलेज च्यालेञ्जमा सहभागीले एक लिटर पेट्रोल प्रयोग गरी तोकिएको रुटमा ¥याली गर्नुपर्ने हुन्छ । यामाहाको जुनसुकै सोरुममा गएर यो च्यालेन्जसमा सहभागी बन्न सक्ने कम्पनीले जनाएको छ । सहभागीको संख्या जति भएपनि यो च्यालेन्सको विजेता १ लिटर पेट्रोलले सबैभन्दा बढी दुरी पार गर्ने सहभागी हुने छन् ।

‘हाम्रो पहिलो र एक मात्र प्राथमिकता भनेको ग्राहकको सन्तुष्टि हो । यस्तो खाले कार्यक्रमले ब्रान्डप्रति ग्राहकको विश्वास जित्न मद्दत गर्छ । यसबाट हामी हाम्रा ग्राहकसँगको सम्बन्ध बलियो र सुदृढ बनाउन चाहन्छौं । साथै, यसले बजारमा यामाहा ब्रान्ड र यसका उत्पादनबारे चेतना फैलाउने अपेक्षा हामीले लिएका छौं,’ ज्ञानेन्द्र अटो वक्र्स का निर्देशक विवेक काजी शाक्यले भने ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, फागुन २१, २०७७  २०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update