रिब्दीकोटको घोर्लीखरक बौद्ध विहारमा बुद्धको मूर्ति प्रतिस्थापन
मंगलबार, मंसिर १६, २०७७

परीक्षा अनुगमन गर्दै
सोमबार, मंसिर १५, २०७७
माथागढी गाउँपालिका अध्यक्ष सन्तोष थापा मगर र गाउँपालिकाका फोकल पर्सन अशेष भट्टराई राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको अनुगमन गर्दै ।

परीक्षा हेर्न जाँदा शिक्षिकाको मृत्यु
आइतबार, मंसिर १४, २०७७
जिल्लाको जोरायल गाउँपालिका–४ घण्टेश्वर माध्यमिक विद्यालयमा बालविकास सहजकर्ताका रुपमा कार्यरत २६ वर्षीया शिक्षिका टिकेश्वरी शाहु (खड्का) को आज बिहान अकस्मात मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार सो विद्यालयमा सञ्चालन भइरहेको कक्षा १२ को परीक्षामा निरीक्षकका रुपमा सहभागी हुन विद्यालय नजिक...

पाल्पामा नेपाल नागरिक अभियान गठन
शनिबार, मंसिर १३, २०७७
पाल्पामा नेपाल नगरिक अभियान गठन भएको छ । शनिबार तानसेनमा एक कार्यक्रमको आयोजना गरी कृष्ण विष्टको अध्यक्षतामा नागरिक अभियान गठन भएको हो । जसको उपाध्यक्षमा हरिप्रसाद बस्याल, सचिव जयन्ती घिमिरे, कोषाध्यक्ष भानु बज्राचार्य र सह–सचिवमा श्रीकृष्ण गौतम रहेका छन् ।

निकुञ्जमा गैँडा मर्यो
शनिबार, मंसिर १३, २०७७
चितवन राष्ट्रिय निकुञ्जको ववही–माडी सेक्टरअन्तर्गत वन्कट्टा रेञ्जपोष्ट पारी मरुठ खोलामा एउटा गैँडा मरेको छ । बिहीबार दिउँसो २ बजे घाइते अवस्थामा भेटिएको सो गैँडालाई शुक्रबार उद्दार गरिएको थियो ।

गुल्मी दुर्घटनामा मृत्यु भएकाहरुको शोकमा स्थानीय सरकारले सार्वजनिक विदा दिने
शनिबार, मंसिर १३, २०७७
जिल्लाको इस्मा गाउँपालिका नै यतिखेर शोकमग्न बनेको छ । ईस्मा ४ हुलबाट सदरमुकाम तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ नम्बरको जिप शुक्रबार दुर्घटनामा परी हुलका ६ जनाको ज्यान गएपछि स्थानीय तह नै शोकामा डुबेको हो ।

गाउँपिच्छे सडकः छैनन् पुल
शुक्रबार, मंसिर १२, २०७७
वर्षायामभरि तमानखोला गाउँपालिकाको यातायात ठप्प हुन्छ । हिउँदमा खोलानाला घटेर सवारी चले पनि जोखिमपूर्ण यात्रा गर्नुपर्छ । गाउँँपिच्छे सडक पुगे पनि पुल छैनन् ।

भतिजको कुटाइबाट काकाको मृत्यु
शुक्रबार, मंसिर १२, २०७७
महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–१ मा विहीबार राति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको छ । मनरासिस्वा नगरपालिका–१ बस्ने ६० वर्षीय खेलावन मण्डलको भतिजको कुटाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए ।

बालिका हत्याका दोषीलाई कारवाहीको माग
बिहीबार, मंसिर ११, २०७७
राष्ट्रिय जनमोर्चाले महोत्तरीको बर्दिबासमा छ वर्षीया गुलाब खातुनको हत्या गरिएको घटनाका दोषीलाई कडा कारवाही गर्न माग गरेको छ ।

‘कसजु ग्रामीण पत्रकारिता पुरस्कार’ अर्याललाई
बुधबार, मंसिर १०, २०७७
‘विनय कसजु ग्रामीण पत्रकारिता पुरस्कार’ पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्याललाई दिइने भएको छ । विनयकुमार कसजु स्मृति प्रतिष्ठानले पहिलो पुरस्कारअध्यक्ष अर्याललाई दिने निर्णय गरेको हो ।

कर्मचारी तयारी कक्षा पढाउन कार्यविधि
बुधबार, मंसिर १०, २०७७
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगको तयारी कक्षा पढाउने कर्मचारीका लागि मापदण्ड र कार्यविधि बनाउने भएको छ । तत्काललाई सम्बन्धित मन्त्रालयको सचिवले स्वीकृतका लागि सिफारिस गर्ने भए पनि दीर्घकालीनका लागि मापदण्ड र कार्यविधि बनाइने मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए ।

घुस लिएको अभियोगमा वन रक्षक विरुद्ध मुद्दा
मंगलबार, मंसिर ९, २०७७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबडिभिजन वन कार्यालय मुर्गिया, रुपन्देहीका वन रक्षक प्रेमचन्द्र विश्वकर्मा विरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार पुर्जीवाला चिरान काठ ओसारपसार गर्न सहयोग गरेबापत सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेका थिए ।