विश्व कार्यसुरक्षा र स्वास्थ्य दिवस मनाइँदै
आइतबार, वैशाख १६, २०८१

मृतकका परिवार र आगलागी पीडितलाई निर्माणकर्मी संघको सहयोग
शनिबार, वैशाख १५, २०८१
जिल्लाका श्रमिक, मजदुर तथा निर्माणकर्मीहरुको संस्था भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाले मृतकका परिवार र आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ ।

‘जनजिविकाका सवालमा काँग्रेस प्रतिवद्ध छ’
शनिबार, वैशाख १५, २०८१
नेपाली काँग्रेस पाल्पाको नयाँ बर्ष २०८१ सालको भित्तेपात्रो विमोचन गरेको छ । काँग्रेसले तानसेनस्थित विपि स्मृति भवनमा एक औपचारिक कार्यक्रमको आयोजना गरि भित्तेपात्रो विमोचन गरेको हो ।

रानीमहल संरक्षणका लागि सभामुखलाई ध्यानाकर्षण
शुक्रबार, वैशाख १४, २०८१
पाल्पाको पर्यटकीय तथा ऐतिहासिक रानीमहल दरबार संरक्षणका लागि संघीय संसद्का सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराइएको छ ।

आजदेखि कक्षा १२ को परीक्षा सुरू
शुक्रबार, वैशाख १४, २०८१
आजदेखि कक्षा १२ को परीक्षा सुरु भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा हुन लागेको हो ।

बगनासकाली गाउँपालिकाद्वारा लामाधामी सम्मानित
बिहीबार, वैशाख १३, २०८१
जिल्लाको बगनासकाली गाउँपालिकाले पालिका भित्र रहेका लामाधामीहरुलाई सम्मान गरेको छ । लामाधामीहरुमार्फत नै अन्धविश्वासलाई हटाई विरामी हुँदा अस्पताल जानुपर्छ भन्ने मान्यता स्थापित गराउन पालिकाले उनीहरुलाई सम्मान गरेको हो ।

भैरव मन्दिरको वास्तु पूजा
बिहीबार, वैशाख १३, २०८१
जिल्ला रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानस्थित पाल्पा भैरव मन्दिरको वास्तु पुजा गरिएको छ । साप्तिक र तान्त्रिक विधिद्वारा मन्दिरको वास्तु पूजा गरिएको हो । पूनर्निमाणपछि विविध कारणले रोकिएको पूजा बुधबार विधिपूर्वक गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्दबहादुर पोखरेलले बताए ।

निसीखोलाका असला माछा संकटमा
बिहीबार, वैशाख १३, २०८१
अवैध रुपमा माछाको चोरी सिकारी बढेपछि निसीखोलाका असला माछा संकटमा परेका छन् । करेन्ट लगाउने र विष हालेर माछा मार्ने गैरकानुनी कामका कारण निसीखोलामा माछा कम पाइन थालेको हो । माछा लोप हुन थालेपछि स्थानीयवासीको माछा मार्ने पेसासमेत संकटमा परेको छ ।

आगलागी पीडितलाई राहत लिएर इस्मा पुग्यो पाल्पा रानीमहल लायन्स
बुधबार, वैशाख १२, २०८१
सामाजिक सेवामा क्रियाशिल रहेको लायन्स क्लव अफ पाल्पा रानीमहलले गुल्मी इस्माका आगलागी पीडितका लागि राहत सामाग्री वितरण गरेको छ ।
-1713794111.jpg)
पाल्पामा पनि शिक्षाका लागि विश्व कार्य सप्ताह सुरु
सोमबार, वैशाख १०, २०८१
सबै बालबालिकाले समान र समतामूलक रुपमा शिक्षा पाउनुपर्ने आवाजसहित शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले देशभर शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह सुरु गरेको छ । विभिन्न कार्यक्रमसहित सोमबारदेखि कार्यसप्ताह सुरु भएको हो ।

आफ्नै घरमा आगो लगाउने पक्राउ
सोमबार, वैशाख १०, २०८१
मादक पदार्थ सेवन गरी आफ्नै घरमा आगो लगाउनेलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुर्कोट गाउँपालिका‐६ रजस्थलका ५९ वर्षीय रेखबहादुर परियार रहकोे जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी शङ्कर पोख्रेलले जानकारी दिए ।

आज विश्व पृथ्वी दिवस, विविध कार्यक्रम गरी मनाइँदै
सोमबार, वैशाख १०, २०८१
आज विश्व पृथ्वी दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । अप्रिल २२ का दिन विश्वभर वातावरण र पृथ्वीको संरक्षणका लागि विश्व पृथ्वी दिवस मनाउने गरिन्छ ।

दललाई आयोगले माग्यो स्पष्टीकरण
आइतबार, वैशाख ९, २०८१
निर्वाचन आयोगले विभिन्न राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ । आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने दलहरुलाई स्पष्टीकरण सोधेको हो । उसले प्रतिवेदन नबुझाउने दललाई कारणसहित सातदिनभित्र जवाफ दिन भनेको छ । साथै प्रतिवेदन बुझाएर सार्वजनिक नगर्ने दललाई सातदिनभित्र सार्वजनिक गरी जानकारी दिने निर्देश समेत गरेको छ ।