विचार

प्राकृतिक विपत्ति : किन जान्छ पहिरो ?

Shittalpati Reporter

रामलाल श्रेष्ठ
पहिरो जानु प्राकृतिक विपत्ति हो । भौगर्भिक जाँच र वातावरण परीक्षण बिना हुने गरेको विकास निर्माणले पहिरो बढाउँदै लगेको छ । पहिरो जमीनको उच्च भागबाट जमिन भत्केर तल खस्ने प्राकृतिक क्रिया पनि हो । पहिरो एउटा भूवैज्ञानिक घटना हो । पहाडमा हुने भू–स्खलनलाई पहिरो भनिन्छ । पहिरो जानुका कारणहरू धेरै हुन्छन् रुखबिरुवाको अन्धाधुन्ध फँडानी, भौगर्भिक अध्यन बिना पहाडमा सडक तथा अन्य संरचना आदिको निर्माण मानवद्वारा निर्मित कारणहरू हुन् भने प्राकृतिक कारणहरू जस्तै अतिवृष्टि, भूकम्प आदिको कारणले पनि पहिरो जाने गर्छ । पहिरो जाने क्रम परम्परादेखि चलिरहेको अवस्था हो । जुन वर्ष पानी धेरै पर्छ त्यो वर्ष धेरै पहिरो जान्छ । तर मेरो अनुभवमा पहिला पहिला भन्दा आजभोलि पहिरो बढी गएको देख्छु । किन पहिरो जान्छ ? म पहिरोको विज्ञ त होइन तर पनि आफूले जाने बुुझेको र देखेको कारणले पहिरो किन जान्छ भन्ने विषयमा यहाँ उल्लेख गर्ने प्रयास गरेको छु ।

पहिरो जाने कारण एउटा मात्र छैन् यसको कारण धेरै छन् । वनजंगल, बोटविरुवा नास, जमिनमा भाँजो पर्नु, अत्याधिक वर्षा, बाढी, भुईचालो, मोटरबाटो निर्माणको पानीको भल एकै ठाँउबाट लगाउँदा, कहिले काँही भगवान रिसाएर वा नागको पूजा नगरेको कारणले पहिरो जान्छ भन्ने भनाई छ । जे सुकै कारण भएपनि भित्र जमिन र बाहिर जमिन फाटे पछि पहिरो जान्छ । यो वर्ष २०७७ साल अत्याधिक पानी पर्‍यो । पाल्पा बागलुङ, म्याग्दी, सिन्धुपालचोक लगायत धेरै जिल्लामा ठूलो– ठूलो पहिरो गयो जनधनको नास भयो । तराईका भागहरु चर्लुम्म डुुबे । चाहे पहाड होस् या तराई सबको रुवाबासी चल्यो बस्ने खाने ठेगान छैन् । तानसेन नगरपालिका –११ लिपिन्देवी तथा जोगीपानीमा भयावह स्थितिमा पहिरो गयो । सो समाचार प्राप्त भएपछि मेरो मन थामिएन केही दिनमै सो पहिरो हेर्न मौका पाए । लिपिन्देवीको वल्लो छेउसम्म हेर्दै गए । मेरो मनमा कुरा उठ्यो किन यती ठूलो पहिरो गयो त ? जोगीपानीमा एकै पटक तल र माथि दुई खण्डी बाटो निर्माण गरिएको रहेछ । माटै माटोको पहाड भएको कारणले थाम्न नसक्दा ठूलो पहिरो गई ७ वटा खशी, बाख्रा मरे । यस्तै गरेर लिपिन्देवीमा पनि मूल सडक विस्तार गर्ने क्रममा माथिल्लो बाटो पनि विस्तार गरिए छ । एकै पटक मोटर बाटो माथि अर्को मोटर बाटो बनाउँदा दह्रो पानी पर्दा थाम्न नसकेर ठूला–ठूला पहिरो गयोे जसको कारणले ७ जनाको मृत्यु भयो भन्ने सवारी साधनको पनि नोक्सान भयो । बूढापाकाले त भनेका रहेछन् डबल बाटो नखनौँ तर कसले टडोस् । यि त भए पाल्पाको समस्या यतिमात्र होइन यो पहिरोको समस्या देश भरिनै छ । सबै पहिरो त हामीले रोक्न सक्दैनौ तर पनि केही पहिरो रोक्न सकिन्छ । कसरी पहिरो रोक्न सकिन्छ ? मोटरबाटो निर्माण गर्नु अगाडि वा बाटो विस्तार गर्नु अगाडि सम्बन्धित निकायका टेक्निसियन इञ्जिनियर वा ओभरसियरसँग परामर्श गर्नुपर्छ । उहाँहरुले दिएको नीति निर्देशन अनुसार बाटो निर्माण गर्न सक्यौ भने केही हदसम्म भए पनि पहिरो रोक्न सकिन्छ । तर यहाँ विकासे बजेट सिध्याउन वर्ष लागे पछि वा जेठ असार महिनामा हतार–हतार गरेर काम गरिन्छ । एकै पटक विकासको काम गर्दा टेक्निसियनको अभाव हुन्छ । जो जसको पहुँच छ सोही व्यक्तिले यसरी खन्न आदेश दिन्छन् । जथाभावी मापदण्ड नै पुरा नगरी सडक निर्माण गर्दा पहिरो जाने खतरा रहन्छ । मैले देखेको हुनाले थोरै माटोले नाली बन्द गरेको हुन्छ । कही प्लाष्टिकले नाली बन्द गरी नालीबाट पानी बाहिर गएर ठूला–ठूला पहिरो गएको छ । ति नाली बन्द भएकोमा कसैको नजर पुगेको हुँदैन । विगतको दिनमा नजरअन्दाज गर्न नसकिने पहिरो पनि देखियो । करिब २०२६ सालमा झरेको कालिमाटीको पहिरो र कृष्णभिरको पहिराले २०२६–२७ साल तिर बुटवलको ड्राइभरटोल बगाएको थियो ।

२०१८ साल तिर रिडी बजार बगाएको । बाढी आउँदा पानी मात्र बग्दैन पानीको साथ साथै माटो, ढुा, लेदो पनि बगाएको हुन्छ जसले गर्दा पानीको volume दोब्बर भन्दा बढी हुन जान्छ । परिमाण खोला नदिनालामा भएको बस्तीलाई बगाउन सक्छ । पाठक वर्ग प्रति मैले के भन्न खोजेको हो भने हाम्रो सानातिना कमजोरीले पनि केही पहिरो रोक्न सकिन्छ जसले गर्दा जन धनको क्षति हुनबाट बचाउन सकिन्छ । जस्तोकी मोटरबाटो निर्माण गर्दा टेक्निसियनको राय सलाह अनुसार गर्ने, डाँडापाखालाई हरियाली बनाउने, नाली सफा राख्ने जस्ता काम गर्न सके ठूलो क्षति हुनबाट रोक्न सकिन्छ ।


प्रकाशित मिति: शनिवार, श्रावण २४, २०७७, १२:४३:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सामाज सेवाको नाममा व्यापार नहोस् शनिवार, श्रावण २४, २०७७, १२:४३:००
शान्ति दिवसको साथर्कता शनिवार, श्रावण २४, २०७७, १२:४३:००
अवैध धन्दा बन्द गर शनिवार, श्रावण २४, २०७७, १२:४३:००
संविधानका पाँच वर्ष शनिवार, श्रावण २४, २०७७, १२:४३:००