Shittalpati
बैशाख ३ गतेसम्मका लागि लकडाउन लम्बियो

काठमाडौं,सरकारले बैशाख ३ गतेसम्मका लागि लकडाउन लम्बाएको छ । दुई हप्तादेखि जारी लकडाउनलाई सरकारले थप एक साता लम्ब्याउने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले थप एक साता लकडाउनको अवधी थप गर्ने निर्णय गरेको छ । कोभिड १९ (कोरोना भाइरस) संक्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो । चैत १७ मा थप एक हप्ता (चैत २५ सम्म) लकडाउन थप्ने निर्णय सरकारले गरेको थियो । योसँगै लकडाउनको समय थपेको सरकारले तेस्रो पटक हो । दोस्रो पटक लकडाउन थप गरेपछि सुदूरपश्चिममा एकै पटक तीन जनामा कोरोना संक्रमण देखिएको थियो क। नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ९ पुगेको छ । मंगलबार त्यो अवधि सकिने भएपछि सरकारले आजै थप गर्ने निर्णय गरेको हो । छिमेकी भारतले पनि तीन साता लामो लकडाउन गरेको छ ।

प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update