Shittalpati
फ्रान्सले कोभिड–१९ को मेडिकल ट्रायललाई दियो अनुमती

काठमाडौं । फ्रान्सले कोभिड–१९ को संक्रमणबाट ठिक भएका बिरामीको रक्त प्लाज्मालाई गम्भीर रुपमा बिरामी व्यक्तिमा चढाउने ‘मेडिकल ट्रायल’ लाई अनुमती दिएका छन् ।


प्याज्मामा यस्ता एन्टिबडिज हुन्छन् जसले भाइरसविरुद्ध शरीरमा प्रतिरोधी क्षमता पैदा गर्छ । यो मेडिकल ट्रायल पेरिसको एक अस्पतालमा भर्ना भएका ६० बिरामीमा मंगलबारदेखि सुरु गरिनेछ । यस्तै प्रकारको मेडिकल टेस्ट चीन र अमेरिकामा पनि गरिँदै छ ।
अमेरिकामा औषधीको मापदण्ड निश्चित गर्ने संस्थान एफडीएले यो उपचार केही हदसम्म सफल रहेको पछिल्लो डाटासहित जानकारी दिएको छ । एफडीएले कोभिड–१९ संक्रमणबाट ठिक भएका बिरामीलाई प्लाज्मा दान गर्न अपिलसमेत गरेको छ ।

प्रकाशित मिति: शनिबार, चैत २२, २०७६  २१:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update