Shittalpati
कुमारी बैंकको १८ हजार कित्ता संस्थापक सेयर विक्रीमा

पाल्पा, कुमारी बैंकका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको १८ हजार ९ सय ३२ कित्ता २ कित्ता संस्थापक सेयर विक्रीमा ल्याएका छन् । बैंकका संस्थापक सेयरधनी महेश सिंहले १७ हजार ९ सय ३२ र ललितबहादुर केसीले १ हजार कित्ता आइतबार (भदौ २६)देखि सेयर बिक्रीमा ल्याएका हुन् ।

सेयरको भाउ भने बिक्रेताले तोके बमोजिम हुने जनाइएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आइतबारबाट ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौंमा निवेदन पेस गर्नुपर्नेछ । उक्त समयभित्र संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर विक्री गर्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update