Shittalpati
भदौ २५ मा ‘दराज महोत्सव’ हुँदै

काठमाडौं (एजेन्सी), नेपाली ई–कमर्स इकोसिस्टममा व्यापक परिवर्तन प्रारम्भ गर्दै आएको नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो पहिलो ठूलोस्तरको प्रयोगात्मक कार्यक्रम ‘दराज महोत्सव’ घोषणा गरेको छ । महोत्सव भदौ २५ (सेप्टेम्बर १०) मा भृकुटी मण्डप गार्डेन, काठमाडौंमा आयोजना हुँदैछ ।

कम्पनीको अनुसार दराज महोत्सव आयोजना गर्नुको मुख्य उद्देश्य सबै दराजका ग्राहकहरूसंग प्रगाढ सम्बन्ध कायम गर्नु हो । दराज महोत्सवमा सांगीतिक र नृत्य प्रस्तुतिदेखि लिएर अन्तरक्रियात्मक खेल, फोटो बुथ, खाना स्टलका साथै बालबालिकाको लागि समर्पित मनोरन्जनात्मक क्रियाकलाप पनि रहने कम्पनीले जनाएको छ । दराज महोत्सवको बारेमा बोल्दै दराज नेपालका प्रमुख मार्केटिङ अधिकृत प्रनयना केसीले भने, ‘दराजमा हामी जति जे अभियान गर्छौं, ग्राहकहरुलाई सधैं प्राथमिकतामा राख्ने गरेका छांै र यो महोत्सव पनि अपवाद छैन । दराज महोत्सव एउटा पारिवारिक कार्यक्रम रहोस् भन्ने हाम्रो सुरुदेखि मनसाय रहेको छ र यो कार्यक्रमले सबै उमेर समूहलाई मध्यनजर गरी विभिन्न गतिविधिहरु समेट्ने प्रयास गरेको छ । धेरै भन्दा धेरै ग्राहकहरुको उपस्थितिको अपेक्षा गर्दै हामीले इन्ट्री पनि फ्री नै गरेका छौ । यति भन्दैमा हामी आशावादी र उत्साहित छौ कि तपाईंहरुको उपस्थितिले यो महोत्सवलाई एउटा नयाँ उचाईमा पुर्‍याउनेछ ।’ दराज महोत्सव शीर्ष कलाकारहरूको सांगीतिक प्रस्तुतिको साथ मनोरञ्जनको एक उत्कृष्ट उत्सव रहनेछ । दर्शकहरूले नृत्य प्रस्तुति हेर्न पाउनेछन् ।

दराज महोत्सवमा विभिन्न थरिका खाना साथै रमाइलो खेलहरु र आकर्षक तथा मनै लोभ्याउने वस्तुहरुको प्रदर्शन पनि गरिनेछ । दराज महोत्सव दराज एप भएका जो कोहीका लागि निःशुल्क कार्यक्रम भएको कम्पनीले जनाएको छ । कम्पनीको अनुसार आगन्तुकहरूले कार्यक्रममा प्रवेश गर्नका लागि आफ्नो फोनमा एप देखाउन आवश्यक छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  १८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update