Shittalpati
डेंगुबाट सुरक्षित रहौं

प्रायः तराई क्षेत्रमा देखिने डेंगु अहिले पहाडी क्षेत्रमा पनि देखिन थालेको छ । तराईसँग जोडिएको पहाडी जिल्ला भएर पनि होला पछिल्लो समय पाल्पामा डेंगुका संक्रमितहरु देखा परेका छन् । यहाँका अधिकांस स्थानीय तहमा डेंगुका बिरामी भेटिएका छन् । बढ्दो जलवायु परिवर्तन र फोहोर व्यवस्थापन राम्रो नहुँदा डेंगु संक्रमणको प्रकोप बढ्दै गएको हो । डेंगु एक संक्रमित रोग हो ।

जो लामखुट्टेको टोकाइबाट सर्छ । अन्य बेला पनि हामीलाई लामखुट्टेले त त टोकिरहेकै हुन्छ । सामान्यत लामखुट्टेले टोक्दा एकछिन चिलाउने मात्र हो, त्यस्तो असर पुर्‍याउँदैन । तर, केही प्रजातिका लामखुट्टे भने घातक हुन्छ । त्यस्ता लामखुट्टेको टोकाइले अस्पतालमै पु¥याइदिन्छ । कतिपयले त लामखुट्टेको टोकाइबाट ज्यान गुमाउँछन् । यस्तै घातक हुन्छ डेंगु संक्रमित लामखुट्टे पनि । डेंगु खासगरी एडिज प्रजातिका लामखुट्टेबाट सर्ने भय हुन्छ । डेंगुबाट बच्ने सबैभन्दा प्रभावकारी तरिका भनेकै लामखुट्टेको टोकाइबाट बच्नु हो । ग्रामीण भेगमा भन्दा सहरी क्षेत्रमा डेङ्गुको जोखिम बढी रहेको देखिन्छ । डेंगु भाइरस चार थरीका रहने गरे पनि अहिले फैलिरहेको डेंगुका बारेमा त्यति खोज अनुसन्धान नभैरहेको कारणले यो कुन प्रकारभित्र पर्छ भनेर निक्र्योल भने हुन सकिरहेको छैन । पुनः कोरोना फैलिएसँगै डेंगुको पनि संक्रमणको जोखिम बढ्नुले स्वास्थ्य असुरक्षामा बढेको छ । व्यापक मात्रामा फैलिँदै गएको डेंगुकै कारण स्वास्थ्य चुनौतीलाई समेत बढाउन पुगेको छ ।

शारीरिक पीडालाई सीमाहीनरुपमा बढाउने यो रोगलाई हेर्दा ज्वरो हनहनी आउने, आँखा रातो हुने र दुख्ने, टाउको दुख्ने, शरीरका जोर्नीहरु करकर लुछ्नेजस्ता लक्षण बढी देखिन्छन् । सामान्य अवस्थाका बिरामीहरुलाई ज्वरोको औषधि र झोलिलो खानेकुराले सकारात्मक प्रभाव पारे पनि जटिल प्रकारका बिरामीहरु भने चुनौतीपूर्ण अवस्थाबाट गुज्रन सक्ने हुँदा अस्पतालमै गएर चेकजाँच गराउनु उपयुक्त हुन्छ । डेंगुको संक्रमणलाई थप फैलिन नदिनका लागि लामखुट्टेले फुल पार्न सक्ने पानी जमेका जोखिमयुक्त ठाउँहरुमा पानी जम्न नदिने, फोहोर भाँडाकुँडाहरुलाई अलपत्र नराख्ने, लामखुट्टेका लार्भा र फुललाई खोजी खोजी नष्ट गर्न सके डेंगु संक्रमबाट सुरक्षित रहन सकिन्छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update