Shittalpati

रामपुर, स्वास्थ्यकर्मीहरुको लागि तालिम दिइएको छ । रामपुर नगरपालिकाको स्वास्थ्य शाखाले नगरभित्रका स्वास्थ्यकर्मीहरुका लागि दुई दिने तालिम दिएको हो । तालिममा संक्रमण रोगको नियन्त्रण, रोकथाम तथा फोहोर व्यवस्थापन सम्बन्धी २ दिने तालिम रामपुर १० गेझामा भएको छ । रामपुर नगरपालिका भित्रका स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुको लागि रामपुर नगरपालिका स्वास्थ्य शाखाले बुधबारदेखि तालिम सञ्चालन गरेको थियो ।

गेझा स्वास्थ्य चौकीमा भएको तालिममा रामपुर नगरपालिकाका भित्र रहेका ८ वटा स्वास्थ्य संस्थाका १९ जना स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो । तालिममा रामपुर अस्पतालका मेडिकल अफिसर डाक्टर कुशल शर्मा र नर्सि अधिकृत पुनम धितालले संक्रमण रोगहरुको नियन्त्रण कसरी गर्ने, उपचारको क्रममा स्वास्थ्यकर्मी संगै अन्यमा सर्नबाट कसरी बचाउने र स्वास्थ्य संस्थामा उत्पन्न हुने फोहोरहरुको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा जानकारी दिएका थिए ।

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update