किशोरीको डुबेर मृत्यु
                        
                        
                                                
                                            
                                                                    कपिलवस्तु,कपिलवस्तुमा एक किशोरीको नालामा डुबेर मृत्यु भएको छ । जिल्लाको महारागंज नगरपालिका–९ सेमरहनाका रामदिनेश तेलीकाको छोरी १४ वर्षीया अञ्जुला तेलीको शुक्रवार राति घर अगाडिको नालामा डुबेर ज्यान गएको प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । शौच गर्न घर बाहिर निस्केकी मानसिक अवस्था ठिक नभएकी अन्जुलाको गाउँ नजिकैको खाडलमा डुबेर ज्यान गएको प्रहरी चौकी कुशहवा बढनीका प्रहरी सहायक निरीक्षक विनय श्रीवस्तावले जानकारी दिए । शव परीक्षणका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको प्रहरीले जनाएको छ । उनको घर र नाला सय मिटरको दुरीमा रहेको छ । रासस
प्रकाशित मिति: शनिबार, चैत ८, २०७६
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

                                        
                                        
                                        
                                        
                    
                    
                    