Shittalpati
काँग्रेसको सत्ता–घरदैलोमा भत्ता : खड्का

गुल्मी, जिल्लाको इस्मा गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदवार भगत सिंह खड्काले काँग्रेसको सत्ता आएमा घरदैलोमा भत्ता हुने बताएका छन् । नेपाली काँग्रेस इस्मा गुल्मी–रुपन्देही सम्पर्क समितिले बुटवलमा आयोजना गरेको उम्मेदवार भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा खड्काले काँग्रेसको सत्ता आएमा घरदैलोमा भत्ता हुने बताएका हुन् ।

सरकारले बालबालिका, अपांग, एकल र वृद्धवृद्धालाई दिने भत्ता बैंकसम्म लिन जानपर्ने बाध्यता रहेको बेला खड्काले आफूले जितेपछि लक्षित समूहको घरदैलोमा भत्ता पु¥याउने प्रतिवद्धता जनाएका छन् । नेकपा एमालेले आफू बाहेक अरूले जितेमा भत्ता नदिने भन्दै भ्रम फैलाएको भन्दै खड्काले कम्युनिष्टहरू सत्ता आफ्नो हातमा ल्याउन जे पनि बोल्ने गरेको बताए । उनले जुनसुकै सरकार आएपनि लक्षित समूहले भत्ता पाउने बताउँदै काँग्रेसको सत्ता आएमा इस्मा गाउँपालिकाका हरेक लक्षित समूहको घरदैलोमा भत्ता पुर्‍याउने बताए ।

जिल्लाको इस्मा गाउँपालिकाको अध्यक्षका लागि चुनावी मैदानमा होमिएका खड्का नेपाली काँग्रेस गुल्मीका सचिव समेत हुन् । उनी प्रखर वक्ताका रुपमा पनि परिचित छन् । उनीसँगै नेपाली काँग्रेसबाट गाउँपालिका उपाध्यक्षमा २६ वर्षीय युवती पार्वती कुँवर चुनावी मैदानमा छिन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  १८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update