Shittalpati
गल्ती नेतृत्वको सजाय कार्यकर्तालाई !

प्रकाश नेपाल
बैशाख ३० गते हुन लागेको स्थानीय निकायको निर्वाचनको लागि आइतबार र सोमबार सबै स्थानीय निकायका केन्द्रहरुमा मानोनयन दर्ता भएको छ । यस अघिको निर्वाचन तीन चरणमा सम्पन्न भएको थियो भने यस पटकको निर्वाचन एकै चरणमा सम्पन्न हँुदैछ । यस अगाडिको निर्वाचनका समयमा मुख्य तीन दलका नेतादेखि कार्यकर्तासम्म उत्साह र उर्जा थियो । आज त्यही उत्साह र उर्जा शिथिलतामा परिणत भएको छ । अधिकाश जिल्लामा पार्टीको जिम्मेवार निकायमा रहेका व्यक्तिले आफ्नो जिम्मेवारीलाई तिलाञ्जली दिएको अवस्था रहेको छ । यो परिदृष्यले राम्रो शन्देश भने अवश्य दिएको छैन । त्यसैले यसको जिम्मेवारी नेतृत्वले लिनु पर्दछ । यस पटकको निर्वाचनले सत्तारुढ दल नेपाली काँग्रेसलाई ठूलो धक्का लाग्दछ । त्यसपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई लाक्दछ । स्थानीय तहका वडा सदस्यदेखि स्थानीय तहका प्रमुखसम्म आकांक्षी धेरै थिए । यसलाई सन्तुलन कायम राख्न नेतृत्व सफल भएन । त्यसै गरी न्युन जनमत रहेको नेकपा माओवादी र समाजवादीसँग भागबण्डा गर्नुपर्दा धेरै काँग्रेसका नेतादेखि कार्यकर्ता सम्मले हृदय नै दुखाए । त्यसो हुनु पनि स्वभाविक नै हो । लामो समयदेखि काँग्रेस पार्टीमा क्रियाशिल भएका व्यक्तिलाई उम्मेदवारी दिनबाट बञ्चित गरी भागबण्डा गरिदा मनै दुख्ने भयो । त्यसैले गर्दा पार्टी कार्यलयमा तोडफोड गर्नु ताला लगाउनु कार्य अस्वभाविक भने अवश्य होइन् । त्यसले गर्दा यसको क्षति काँग्रेसलाई नै हुने हो ।

फेरी यही प्रकरणमा समाजवादी र माओवादीलाई भने पटक्कै नोक्सान नै छैन । अन्य ठूला पार्टीको जस्तो जन आधार र मत नै र्छन । यहि नै सत्य हो । कमरेडहरुले चित्त नदुखाए हुन्छ । अहिले मात्र होइन पहिले पनि काँग्रेसले चितवनको कार्यकर्ताहरुको कहिल्यै निको नहुने गरी मनै द्ुखाएको हो । यस पटक पनि त्यहाँका पुराना काँग्रेसलाई मतदान गर्ने ठाउँ नै छैन । काँग्रेस मात्र नभई सबै दलले जनमत बुझ्नकै लागि सिंगल रुपमा प्रतिस्पर्धा गर्नु पर्द थियो । नेकपा एमालेले पनि कार्यकर्ताको चित्त दुखाएकै हो । पार्टी विभाजनको पूर्व सन्ध्यामा समाजवादी वा माओवादीमा जान्छ भनेर टिकटको आश्वासन दिएको हो । तर मनोनयन गर्ने बेलामा अर्को व्यक्तिले टिकट पाएको घटना क्रमले पनि नेकपा एमालेका लागि नोक्सान हुने लक्षण देखियो । इतिहासदेखि वर्तमानसम्म नेताले कार्यकर्तालाई आफ्नो अनुकुलमा प्रयोग गरेकै हुन् । विशेष गरी नेकपा एमालेको र काँग्रेसको अधिवेशन सम्पन्न भयो । वडा समितिदेखि प्रदेश जिल्ला समितिमा इच्छा राखेका व्यक्तिलाई आउने निर्वाचनमा वडा अध्यक्ष गाउँनगरको प्रमुख भनेरै आश्वासन दिइयो । तर अहिले खोला तरे पछि लौरो विर्सने प्रवृत्ति भयो । यो समस्या नेकपा एमालेमा भन्दा नेपाली काँग्रेस पार्टीमा धेरै नै देखियो । एमालेको जस्तो तल्लो तहसम्म काँग्रेसको संगठन नै छैन । त्यसैमा पार्टीको नेतृत्वमा सामन्तवादको अवशेष अहिले सम्म जिवितै छ ।

काँग्रेस पार्टीको चुनाव चिन्ह र झण्डा एउटै मात्र हो अरु सबै अलग अलग भएको अहिलेको टिकट वितरण प्रणालीले प्रष्ट पार्दा नेकपा एमालेका लागि सहज बनेको देखियो । जनताको बुँइभन्दा नेताको काधमा चढेर राजनीति गरेका व्यक्तिलाई टिकट दिइए वापत अहिलेको काँग्रेसले ठूलो मूल्य चुकाउँदै छ । परन्त नेपाली काँग्रेस भोलीका दिनमा भारतको काँग्रेस आइ जस्तै हुनेछ । विपि कोइरालाले कार्यकर्तालाई निर्देशन दिदै भनेका कुरा अहिले पनि अत्यन्त मार्मिक छ । नेतृत्वले गल्ती गरे कार्यकर्ता चुपलाएर बस्नु पर्दैन । हो आज धेरै जिल्लाका पार्टी कार्यलयमा तालाबण्डी गर्ने डेलिकेसन जाने, आफ्ना असन्तुष्टी व्यक्त भइरहेका छन् । यस्तो अवस्थामा कसरी काँग्रेसले जित्ने हो प्रश्न यहाँ हो । काँग्रेस भित्रको मुख्य रोग नै हो । कार्यकर्ताको भन्दा नेताको मन जित्ने । समस्या यहाँ हो । यसबाट पाल्पा काँग्रेस अछुत रहन सकेन । त्यो भोलि काँग्रेसका लागि दुर्भाग्य सावित हुनेछ । गत स्थानीय निर्वाचनमा ५० भन्दा कम मतले पराजित भएका प्रमुख, वडा अध्यक्ष पनि धेरै छन् । यस पटक फेरी नेताको पछाडी लागेर वडा पालिका प्रमुखको टिकट लिएका व्यक्तिले नेकपा एमाले विभाजित भएको मौकामा चौका हान्ने सपना देखेका छन् । तर त्यो सपना मध्यदिनमा देखेको सपना जस्तै सावित हुने निर्वाचनको मत परिणामले छर्ल· हुने गरी देखाउनेछ । यस्तो हुनु पनि नेताको व्यक्तिगत स्वार्थको कारणले हो । प्रदेश संघीय निर्वाचनमा माननीय बन्ने लालशा पालेकाहरुको सपना समेत नराम्रोसँग लथालि· भताभु· हुनेछ । काँग्रेसलाई यसपटकको निर्वाचनमा दुईवटा कारणले गर्दा नोक्सान हुने हो । पहिलो गठबन्धन, दोश्रो नेताको पकेटको व्यक्तिले टिकट पाउँदा । नेताका पकेटको व्यक्तिको सवालमा सबैभन्दा घातक सावित हुनेछ । यस पटकको निर्वाचनमा कस्तो सम्म भेटियो भने टिकटका लागि दल बदलगर्ने, त्यसले पुराना, इमान्दार कार्यकर्तालाई स्वभाविक रुपमा मन दुख्ने नै भयो । यो प्रक्रिया दलिय व्यवस्थामा नराम्रो पक्ष हो । परिणाम राम्रो आउँदैन । त्यसले लोकतन्त्रको मूलमर्ममा प्रहार गर्ने छ र अन्तमा दलिय व्यवस्था प्रति वितृष्णा पैदा हुनेछ । त्यसले दलियव्यवस्था स्विकार नगर्ने प्रतिगमनकारीलाई फाइदा पुग्नेछ ।

विगतका युरिपियन युनियनको प्रभावमा मुख्य दलका नेता पर्दा सविधानमा हिन्दु धर्म भन्ने शब्दवली हराउँदाको फाइदा कुन पार्टीले उठायो ? अहिले पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले यो मुद्दा उठाएको छ । यो मुद्दाले पनि नेपाली काँग्रेसलाई नोक्सान पुर्‍याउदछ । इतिहासको काल खण्डमा नेताले गरेको गल्तीका कारण अहिले कार्यकर्ताले सजाय भोग्नु परेको छ । टिकट वितरणमा आफन्तबाट मौलाएका कारण आउने सन्ततिले समेत विजयीको झण्डा पहर्‍याउन नसक्ने गरी पराजयको सामना गरिरहनु पर्ने छ । सत्य यहि नै हो । सामाजिक होस् या राजनैतिक क्षेत्रमा लागेका व्यक्ति आर्थिक रुपले विवाद रहित हुनु पर्दछ । तर त्यसो भनिरहँदा आर्थिक रुपले सवल भन्दा दुर्वल भएका व्यक्तिलाई यहि मौकामा ठेगान लगाउनै पर्दछ । अहिले ठेगान लगाइएन भने भोली स्थानीय सरकारको बजेट हिना मिना हुने प्रष्टै छ । अहिले नेतृत्वले गल्ती गरेको हो । त्यसले भोलिका दिनमा काँग्रेसका लागि सुखद देखिदैन । काँग्रेस पार्टीमा जिल्ला अधिवेशनको ओभर ह्याङ जीवीत भएकाले टिकट पाएर स्थानीय सरकार हाक्ने सपना देखेकाहरुका लागि सुुखद पक्ष देखिदैन  । त्यसले नेतृत्वले गरेको गल्तीको सजाय कार्यकर्ताले भोग्नु परेको यथार्थ हो । जय स्वाभिमान !
(लेखक जिल्लाका क्रियाशील एवं समसामयिक विषयमा खरो रुपमा कलम चलाउने युवा पत्रकार समेत हुन् ।)

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update