Shittalpati
भूमि आयोग पाल्पाका नवनियुक्त पदाधिकारीहरुद्वारा पदवहाली

पाल्पा, जिल्ला भूमि आयोग पाल्पा समितिको संयोजक सहित सदस्यहरुले पदवहाली गरेका छन् । सरकारले भुमि आयोग पाल्पा समितिको संयोजक मोहन गैरे, विज्ञ सदस्यमा कृष्ण प्रसाद अधिकारी, सदस्यमा अमरसिंह प्रधान र महिला सदस्यमा मिना पंन्थीलाई नियुक्त गरेको छ । समितिका संयोजक गैरे सहित सदस्यहरुले जिल्ला समन्वय समितिको कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा राना र जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख मिरा मरासिनी लगायतको रोहवरमा पदवहाली गरेका हुन् ।

पदवहालीको क्रममा जिल्ला भूमि आयोग पाल्पाका संयोजक गैरेले आफुले राजनीतिक र आर्थिकको दवाब भन्दा माथि उठेर वास्तविक सुकुम्वासी तथा अव्यबस्थित बसोवासका व्यक्तिहरुलाई राज्यको निति नियम कानुनमा रहेर लालपुर्जा प्रदान गर्ने बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख मिरा मरासिनीले कसैको दवाब, प्रभावमा नपरी स्वच्छ निष्पक्ष, इमान्दार भएर काम गर्न समितिलाई अनुरोध गरिन् । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापती हिमालदत्त श्रेष्ठ, नेकपा माओवादी केन्द्रका संयोजक नेत्र प्रसाद पाण्डे, नेकपा एकिकृत समाजवादीका अध्यक्ष कमल पाण्डे, जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, राप्रपाका जिल्ला अध्यक्ष डुलबहादुर कुवँर, जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष नारायण कुवँर, पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना लगायतले समितिले निष्पक्ष, निर्भिक र स्वतन्त्र भएर काम गर्न सुझाव दिए । सहायक प्रजिअ भक्तिसरा रानाको सभापतित्व, जिल्ला समन्वय अधिकारी जनार्दन अधिकारीको स्वागत र नापी कार्यालयका नापी अधिकृत अर्जुन पौडेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update