Shittalpati
पाल्पा र गुल्मीका स्थानीय तहमा ४ लाख २३ हजार ९ सय मतदाता

पाल्पा, पाल्पा र गुल्मीका स्थानीय तहमा ४ लाख २३ हजार ९ सय ६६ मतदाता रहेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पाल्पा र गुल्मीमा आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि ४ लाख २३ हजार ९ सय ६६ मतदाता कायम गरिएको हो । आयोगले आइतबार अन्तिम मतदाता नामावली टुङ्गो लगाएको छ । जस अनुसार पाल्पामा १ लाख ९९ हजार ६ सय ९० मतदाता कायम भएको छ भने गुल्मीमा २ लाख २४ हजार २ सय ७६ मतदाता रहेका छन् ।

पाल्पाका १० स्थानीय तहमा ९६ हजार ९ सय ८० पुरुष र १ लाख ३ हजार १० जना महिला मतदाता रहेका छन् । जिल्लाका पालिकाहरु मध्ये सबै भन्दा धेरै मतदाता तानसेन नगरपालिकामा र सबै भन्दा थोरै पूर्वखोला गाउँपालिकामा रहेका छन् । तानसेन नगरपालिकामा ३३ हजार ७ सय ६९ मतदाता रहेका छन् । जसमा १६ हजार २८ पुरुष र १७ हजार ७ सय ४१ महिला मतदाता छन् । त्यस्तै पूर्वखोलामा १३ हजार ६ सय ९८ मतदाता कायम भएको छ । जसमा ६ हजार ५ सय २९ पुरुष र ७ हजार १ सय ६९ महिला रहेको आयोगको तथ्याङ्कमा उल्लेख छ ।

तिनाउ गाउँपालिकामा १४ हजार ३ सय ८६ मतदाता रहेका छन् । जसमा ७ हजार २ सय ४५ पुरुष, ७ हजार १ सय ४१ महिला छन् । निस्दी गाउँपालिकामा १५ हजार ८५ मतदाता छन् । जसमा ७ हजार ४ सय ९६ पुरुष र ७ हजार ५ सय ८९ महिला छन् । बगनासकाली गाउँपालिकामा १९ हजार ८ सय ३९ कुल् मतदाता छन् । जसमा ९ हजार ५ सय ५ पुरुष र १० हजार ३ सय ३४ महिला छन् । माथागढी गाउँपालिकामा १९ हजार ३ सय ४७ मतदाता रहेका छन् । जसमा ९ हजार ४ सय ८० पुरुष र ९ हजार ८ सय ६७ महिला छन् । यस्तै रम्भा गाउँपालिकामा १७ हजार ६ सय ६३ मतदाता छन् । जसमा ८ हजार ४ सय ८७ पुरुष र ९ हजार १ सय ७६ महिला रहेका छन् । रिब्दीकोट गाउँपालिकामा १६ हजार ३ सय ९५ मतदादा छन् । जसमा ८ हजार ११ पुरुष र ८ हजार ३ सय ८४ महिला छन् । रैनादेवी छहरा गाउँपालिकामा १० हजार १ सय ३७ पुरुष र १० हजार ३ सय ४ महिला गरी २० हजार ४ सय ४१ जना मतदाता कायम भएको छ । उता रामपुर नगरपालिकामा २९ हजार ६७ जना मतदाता रहेका छन् । जसमा १३ हजार ७ सय ६२ पुरुष र १५ हजार ३ सय ५ महिला छन् । पाल्पामा १ सय १८ मतदान स्थल र २ सय ४७ मतदान केन्द्र निर्धारण गरिएको छ । त्यस्तै गुल्मीमा सबै भन्दा धेरै मतदाता मुसिकोट नगरपालिकामा र सबै भन्दा कम मदाने गाउँपालिकामा रहेका छन् ।

सबै भन्दा धेरै मतदाता रहेको मुसिकोटमा २४ हजार २ सय ८१ मतदाता रहेका छन् । कम मतदाता रहेको मदानेमा १६ हजार ३ सय ५ मतदाता रहेका छन् । त्यस्तै इस्मा गाउँपालिकामा १७ हजार ८ सय ८२ सय ८२ , कालीगण्डकी गाउँपालिकामा १५ हजार २ सय ७७, गुल्मीदरबार गाउँपालिकामा १८ हजार ९ सय ३४, चन्द्रकोट गाउँपालिकामा १६ हजार ३ सय ८२, छत्रकोट गाउँपालिकामा १९ हजार २ सय १४, धुर्कोट गाउँपालिकामा १८ हजार ८ सय ७०, मालिका गाउँपालिकामा १७ हजार ७ सय २३, रुरुक्षेत्र गाउँपालिकामा १६ हजार ६ सय ५२, रेसुङ्गा नगरपालिकामा २३ हजार ५ सय ३१ र सत्यवती गाउँपालिकामा १९ हजार २ सय २५ मतदाता रहेका छन् । गुल्मीमा १ सय ४२ मतदान स्थल र २ सय ७९ मतदान केन्द्र निर्धारण गरिएको छ ।

प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update