Shittalpati
स्थानीय तह निर्वाचन : उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते

पाल्पा, स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको छ ।

जसमा आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ ।त्यसैगरी वैशाख १२ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको नामको सूची प्रकाशित गर्ने आयोगले जनाएको छ । वैशाख १३ मा उम्मेदवारविरुद्ध उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने आयोगले जनाएको छ ।


उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गते समय दिइने निर्वाचन आयोगले जनाएको छ । सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिने र १७ गते चुनाव चिन्ह प्रदान गरिने छ । वैशाख ३० मा तोकिएको स्थानीय तह निर्वाचनअन्तर्गत् २७ गते मध्यरातदेखि मौन अवधि लागू हुनेछ ।

 

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update