Shittalpati
पाल्पाको निस्दीमा एक पुरुष मृत भेटिए

पाल्पा, जिल्लाको निस्दी गाउँपालिका –७ सातमुरेमा एक पुरुष मृत भेटिएका छन् । सातमुरेस्थित एक होटलमा निस्दी परोखराछापका ३५ वर्षीय पदमबहादुर आले बुधबार विहान मृत भेटिएका हुन् ।

उनी आफ्ना साला खुम रानाले सञ्चालन गर्दै आएको न्यू सोनिया होटलमा काम गर्दै आएको थिए । आले आफु सुत्ने कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, चैत २, २०७८  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update