Shittalpati
विमान दुर्घटनामा एक सय ७६ जनाको मृत्यु

तेहरान, इरानमा युक्रेनको बोइङ–७३७ विमान बुधबार दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । तेहरानको इमाम खामेनी विमानस्थलबाट उडेको सो विमान उड्ने वित्तिकै दुर्घटना भएको थियो । विमानमा सवार कम्तीमा १ सय ७६ जनाको मृत्यु भएको छ । १ सय ६७ जना यात्रु र नौं जना चालक दलका सदस्य रहेका थिए । ती सबै जनाको मृत्यु भएको अधिकारीले पुष्टी गरेका छन् ।

इस्लामिक रिपब्लिक न्यूज एजेन्सीले विमानस्थलका प्रवक्ता अलि कसानीलाई उदृत गर्दै उनीहरु सबैको मृत्यु भएको पुष्टी गरेको समाचार सम्प्रेषण गरेको छ । प्रारम्भिक विवरण अनुसार उक्त विमान युक्रेनको राजधानी किभतर्फको यात्रामा रहेको थियो । ‘विमानमा आगो लागेको थियो, हामीले केही यात्रुहरूलाई बचाउने प्रयास गरेका थियौं तर बचाउन असमर्थ भयौं,’ इरानको आपतकालिन सेवाका प्रमुख पिरहोसेन कोउलीभान्डले सरकारी टेलिभिजनसँग बताए ।

इरान र अमेरिका बीच तनाव बढिरहेका बेला भएको सो दुर्घटना दुई देशको तनावसँग सम्बन्ध रहेको वा नरहेको बारेमा भने स्पष्ट नभएको पनि समाचारमा जनाइएको छ ।रासस

प्रकाशित मिति: बिहीबार, पुस २४, २०७६  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update