Shittalpati
महिला दिवस मनाईरहँदा पाल्पाको रामपुरमा एक महिला माथि बलात्कारको प्रयास

इमान सिं राना
पाल्पा(रामपुर) ,विश्वभर १ सय १० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईरहँदा पाल्पाको रामपुरमा भने एक महिला माथि आईतबार साँझ बलात्कारको प्रयास भएको छ । ‘समानताको पुस्ता : अन्त्य गरौं हिंसा विभेद र समानता’ भन्ने नाराका कार्यक्रम भैरहँदा ३ सन्तानकी आमा, २० वर्षिया महिला माथि जबरजस्ती करणीको प्रयास भएको हो । रामपुर नगरपालिका ३ रजघराको सानीअमराई जंगलमा अर्धनग्न अवस्थामा रुँदै चिच्याउँदै गरेकी २० बर्षिया ति महिलालाई स्थानीयले उद्धार गरी प्रहरीलाई खबर गरेपछि घटना सार्वजनिक भएको हो । घटनामा संलग्न भएको आरोपमा रामपुर ३ का ३३ बर्षिय गणेश पाण्डेलाई पक्राउ गरी प्रहरीमा बुझाइएको छ ।

बाटोमा रुँदै अर्धनग्न रहेकी महिला चिच्याएको देखेपछि उद्धार गरेको भन्दै घटनास्थलमा महिलाको भित्री बस्त्र र शुरुवाल समेत फालिदिएको अवस्थामा भेटिएको स्थानीयको भनाई छ । आफन्तकोमा बसेर श्रीमान संगै मजदुरी गर्दै आएकी ति महिला बेझाँड जान निस्केकी थिईन । उनलाई बाटोमा अटो रिक्सा छ भनेर लगी एक्लै भएको मौका पारेर सो घटना भएको जनाईएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले घटनाको बारेमा अनुसन्धान भैरहेको जनाएको छ । घटनाको प्रमाण संकलन एवं स्वास्थ्य परीक्षणको कार्य सकिएको र अनुशन्धान जारी रहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०७६  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update