Shittalpati
गुल्मीमा बुहारीद्वारा सासुको हत्या

रमेश विश्वकर्मा
गुल्मी,७६ वर्षीय कौशिला विकको बुहारीहरुले हत्या गरेका छन् । केही दिन अघि जिल्लाको ईस्मा गाउँपालिकाको वडा ३ टाकुरा सिम्पानीकी कौशिलाको हत्या दुई बुहारीहरुले गरेका हुन् । गत पुस १७ गते कौशिलाको २३ वर्षीय देवि बिक र अर्की छिमेकी बुहारी २८ वर्षीय लक्ष्मी बिकले योजनाबद्ध ढंगले टाउँकोमा लाठी प्रहार गरी हत्या गरेको रहस्य खुलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी मिनबहादुर घलले जानकारी दिए । पुस १७ गोरुले हानेर घाईते भएको भनिएकी बृद्धाको मृत्यु भएपछि प्रहरीले गहिरो रहश्य पत्ता लगाएको हो ।

७६ वर्षीय कौशिला विकलाई गोरुले हानेर घाईते भएको भन्दै पुस १७ गते राति उनकी बुहारी र अर्की छिमेकी महिलाले रुँदै जिल्ला अस्पताल तम्घाससम्म उपचार गर्न ल्याएका थिए । टाउँकोमा विभत्स चोट लागेकी विकलाई तम्घास अस्पतालमा उपचार हुन नसकेपछि अचेत अवस्था मै पाल्पा हुँदै लुम्बिनी प्रदेशिक अस्पताल बुटवल पुर्‍याइएको थियो । त्यस क्रममा पुस १९ गते कौशिलाको मृत्यु भएको हो ।

तम्घास अस्पतालका डाक्टर र अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुले गोरुले हानेर घाईते भएको पत्याउन नसके पछि प्रहरीले गहिरोसंग अनुसन्धान थालेको थियो । अनुसन्धान पश्चात योजनाबद्ध ढंगले टाउँकोमा लाठी प्रहार गरी हत्या गरेको खुल्न आएको डिएसपी घलेले जानकारी दिए । सासुको हत्या गर्ने मध्येकी देवि बिकसँगै बस्दै आएको प्रहरीले जनाएको छ । हत्या गर्ने अभियुक्त देविका श्रीमान विदेशमा र अर्का लक्ष्मीका श्रीमान घरमै रहेका छन् । हत्या गर्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २२, २०७६  २१:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update