Shittalpati
प्रदेश पाँचले दियो माघे संक्रान्तिमा विदा

बुटवल, प्रदेश पाँच सरकारले माघे संक्रान्तिका अवसरमा सार्वजनिक विदा दिने भएको छ । प्रदेश सरकारले आगामी माघ १ र २ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै प्रवक्ता बैजनाथ चौधरीले माघी पर्व मनाउन दुई दिन सार्वजनिक विदा दिइएको जानाकारी गराए ।

प्रदेश सरकारले गत वर्ष पनि माघी पर्वको अवसरमा दुई दिन विदा दिएको थियो । मन्त्रिपरिषद्को बैठकले फागुन १० गतेदेखि १२ गतेसम्म ३ दिन दाङमा प्रदेश स्थापना एक्स्पो गर्ने निर्णय समेत गरेको छ । प्रदेश सरकारले गरेका गतिविधि एवं सूचना, प्रविधि सहितको एक्स्पो गर्न लागिएको प्रवक्ता चौधरीले जानकारी । बैठकले सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान संगठन संरचना एवं दरबन्दी स्वीकृत गरेको छ । बैठकले एक निर्देशकसहित १० जनाको दरबन्दी स्वीकृत गरेको हो । बैठकले रुपन्देहीका ईन्द्रप्रसाद पछाईलाई प्रदेश वन निर्देशनालयको निमित्त निर्देशकमा खटाएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २१, २०७६  २१:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update