Shittalpati
गुल्मीका विद्यालयमा स्वास्थ्य शिक्षा कार्यक्रम

रमेश विश्वकर्मा

गुल्मी । जिल्लाका विद्यालयहरुमा स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन भएको छ । सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा हस्पिटल प्रालिको आयोजनामा जिल्लाको रिडर्स पब्लिक हाई स्कुलबाट स्वास्थ्य कार्यक्रम सुरु भएको हो ।

विद्यालयमा विद्यार्थी अत्याधिक बिरामी भइरहने भएकाले उनीहरुलाई प्राथमिक उपचार सम्बन्धी जानकारी गराउन यस्तो कार्यक्रमको आयोजना गरिएको रेसुङ्गा हस्पिटल प्रालिका सञ्चालक समितिका अध्यक्ष श्रीप्रसाद भलामीले बताए । हरेक नागरिकले आफ्नो समस्या आफै पत्ता लगाउन सहज होस भन्ने उद्देश्यले स्वास्थ्य सम्बन्धी कार्यक्रम विद्यालयमा सुरु गरिएको हस्पिटलले जनाएको छ ।

कार्यक्रमको शुभराम्भ गर्दै प्रमुख अतिथि नेपाल नेत्र ज्योति संघगुल्मीका सभापति शेर बहादुर थापाले स्वास्थ्य शिक्षाले दिर्घकालिन फाइदा पुग्ने बताए । उनले स्वास्थ्य शिक्षाले धेरै रोगबाट बच्न सकिने भन्द‌ै घर–घरमा शिक्षा पु¥याउन सहयोग गर्न सबैलाई आग्रह गरे । सानै गल्तीले ठूलो रोग लागेर ज्यान समेत जान सक्ने भन्दै उनले स्वास्थ्य शिक्षा कार्यक्रम महत्वपूर्ण रहेको धारणा व्यक्त गरे । तत्काललाई तम्घास भित्रका सबै विद्यालयमा यो कार्यक्रम सञ्चालन हुने छ । गाउँ–गाउँमा पनि सामाजिक संघसंस्थासँग समन्वय गरी स्वास्थ्य शिविर सञ्चालन गरिने हस्पिटल प्रालिले जनाएको छ । कार्यक्रममा विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष नवराज भुसालले विद्यालय स्तरमा यस्ता कार्यक्रम गरिनु राम्रो भएको बताए । कार्यक्रममा हस्पिटलका डा.जीवन थनेत र मेडिकल सुपेरिटेन्ट विपिन भण्डारीले सहजकर्ताको भूमिका निर्वाह गर्ने छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०७६  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update