Shittalpati
मगर उत्थान समूहद्वारा जेष्ठ नागरिकलाई सम्मान

पाल्पा । क्रियाशिल मगर उत्थान समूह रामपुर ७ ले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । समूहले आफ्नो १६ औं वार्षिक उत्सवको अवसरमा समूहका ३ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।

समूहले जेष्ठ नागरिकहरु कमलीसरा राना, देवबहादुर ढेंगा र टिकासरा सिंजालीलाई खादा र सम्मान पत्र सहित सम्मान गरेको छ । जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै समूहका वरिष्ठ सल्लाहकारहरु ताराबहादुर विरकट्टाले मगर समुदायको संस्कृति रक्षाको लागि जुट्ने समय आएको बताए । उनले छरिएर रहेका समुदायलाई एकितृत गरी अहिलेको अवस्थासम्म आउनका लागि गरेका प्रयासहरुको बारेमा जानकारी दिदै अझ सशक्त भएर लाग्न आग्रह गरे ।

समूहका प्रबन्ध निर्देशक बलबहादुर थापाले भाषा संरक्षणका लागि समेत लाग्नु आवश्यक रहेको बताए । कार्यक्रममा समूहका पूर्वअध्यक्ष हुममाया सुनारी, जेष्ठ नागरिक देवबहादुर ढेंगा, समूहका सचिव केशबहादुर थापा सारु, पत्रकार इमानसिं राना, सल्लाहकार नारायणी हिस्की, निर्मला आले, अनुगमन समितिका सदस्यहरु मुना सिंजाली, नेत्रकुमारी आले, ट्याङ्गा लाफा कुङ्ग रेञ्जा क्लवका संयोजक बलराम राना, सदस्य शारदा सिंजाली, सदस्यहरु हेमा राना, भविसरा विरकट्टा, सिमाना आले, विष्णु सारु, यमबहादुर राना, चेतबहादुर हिस्की, हिरा सुनारी, दमन्ती पाटा, कुन्तादेवी थापा, जिता विरकट्टा, सीता राना ख, दुर्गादेवि राना, प्रेमकुमारी पाटा, जितबहादुर सुनारी लगायतले आफ्ना भनाई राखेका थिए । कार्यक्रममा क्रियाशिल मगर समुहका अध्यक्ष रामबहादुर हिस्की थापा समूहले समुदायको उत्थानका लागि नेतृत्व विकास सम्बन्धी तालिम सञ्चालन गरिएको जानकारी दिदै आगामी दिनमा भाषा तथा संस्कृति सम्बन्धी प्रशिक्षण समेत दिइने बताए ।

कार्यक्रममा समूहका कोषाध्यक्ष हुममाया रानाले वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रम मौलिक झ्याउरे तथा अन्य सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । कार्यक्रम अध्यक्ष रामबहादुर हिस्कीको अध्यक्षता, सहअध्यक्ष मञ्जु रानाको स्वागत, उपाध्यक्ष रेमबहादुर रानाको धन्यवाद र सहसचिव सुनिता राना र सदस्य जमुना रानाको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०७६  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update