Shittalpati
गुल्मीमा राति ८ बजेपछि होटल बन्द गर्न आग्रह

गुल्मी, जिल्लामा सञ्चालन भएका होटल तथा रेष्टुरेण्टहरुलाई राती ८ बजेपछि बन्द गर्न आग्रह गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैंठकले कोरोना महामारीलाई मध्यनजर गर्दै राती ८ बजेपछि होटल तथा रेष्टुरेट बन्द गर्न आग्रह गरेको हो ।


केन्द्रले छिमेकी मुलुक भारतमा फेरी कोरोना संक्रमण बढ्दै गएको पछि जिल्लामा हुन सक्ने जोखिमलाई ध्यानमा राखेर सर्तकता अपनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको बैठकले नजिकिएको होली पर्व मनाउने क्रममा भीडभाड नगर्न, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न, जिल्लामा पसल, व्यवसाय, होटेल तथा रेष्टुरेष्ट राति ८ बजेपछि बन्द गर्न आग्रह गरेको हो ।


साथै बैंठकमा होम क्वारेन्टाइनलाई व्यवस्थित गर्न, जिल्लाको प्रवेशद्वार नाकाहरु रिडी र मदानेको पुर्कोटमा हेल्प डेस्क स्थापना गर्ने, एन्टीजेन परीक्षण गर्ने, स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउने, जुलुस, भिडभाड नगर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिइन् ।

 

प्रकाशित मिति: बुधबार, चैत ११, २०७७  १९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update