Shittalpati
बालविवाह रोक्न नाटक !

हाम्रा संवाददाता
गुल्मी, गुल्मीको एक स्थानीय सरकारले समाजमा विद्यमान बालविवाह रोक्नका लागि सडक नाटकमार्फत सचेतनाका कार्यक्रम गरेको छ । समाजमा अझै पनि बालविवाह गर्ने क्रम नरोकिएपछि मालिका गाउँपालिकाले सडक नाटकमार्फत सचेतनाका कार्यक्रम गरेको हो । उमेर नपुग्दै विवाह गर्ने प्रवृति बढेसँगै बालविवाह गाउँघर र शहरबजारमा बढ्न सक्ने भन्दै बालबालिका र अभिभावकमा सचेतना जगाउन बालविवाह विरुद्धको सडक नाटक प्रदर्शन गरिदै आएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका विभिन्न स्थानमा नाटकमार्फत बालविवाह अन्त्यका लागि सन्देश दिइएको छ ।

स्थानीय भाषामै तयार पारिएका नाटक ठाउँ–ठाउँमा प्रदर्शन गरेर बाल विवाह अन्त्यका सन्देश दिईएको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए । उनले भने, ‘हामीले एउटा नाटक समूह नै गठन गरेर बालविवाहले पार्ने असरका बारेमा गाउँ–गाउँमा सिकाउन थालेका छौं ।’ नाटकमा बालविवाहले पार्ने समस्याको बारेमा चित्रण गरिएको गिरीले बताए । उनका अनुसार ग्रामीण परिवेशमा जे कुरा देखिन्छ त्यही कुरालाई नाटकमा उतार्ने प्रयास गरिएको छ । यसले धेरै ठाउँमा परिवर्तन पनि ल्याउने उनले विश्वास व्यक्त गरे । आर्थिक सामाजिक हिसाबले पछाडी परेको यस गाउँपालिकामा बालविवाह बढ्दो क्रममा रहेको छ ।

उमेर नपुगी विवाह गर्दा बिभिन्न समस्याहरु देखा पर्दै जान थालेपछि गाउँपालिकाले सचेतनाका कार्यक्रमहरु गर्दै आएको जनाएको छ । गाउँपालिकाका अधिकांश ग्रामीण बस्तीहरुमा बालविवाहले अझै पनि जरा गाडेको छ । मलुकी संहिता ऐनले २० वर्ष मुनिको विवाहलाई मान्यता दिएको छैन् । तर पनि लुकी छिपी भागेर २० वर्ष भित्रै विवाह गर्ने क्रम बढिरहेको छ । उमेर नपुगी गरिने विवाहबाट जन्मिएका बच्चाहरु अपा·गता हुने र आमा र बच्चाको ज्यान समेत जाने गरेकाले त्यसको अन्त्य गर्न सडक नाकट गरिएको गाउँपालिकाका प्रवक्त गिरीको भनाई छ । गाउँपालिकालाई आगामी ३ वर्ष भित्र बालविवाहमुक्त पालिका घोषणा गर्ने उद्देश्यले जनचेतनामुलक कार्यक्रम गरिएको प्रवक्ता गिरीले बताए । पालिकाका विभिन्न १६ वटा स्थानमा गरिने सचेतनामुलक सडक नाटक आज सकिने छ । सडक नाटकमा राष्ट्रियस्तरका कलाकारहरुले उमेर नपुगी विवाह गर्दा हुने कानुनी तथा स्वास्थ्य असरहरुको बारेमा सन्देशमुलक प्रस्तुतीहरु दिने गरेका छन् । सचेतना मुलक सडक नाटकमा पालिका भित्रका १५ वर्षदेखि २० वर्ष भित्रका युवायुवतीहरु, स्थानीय राजनितिक दल, शिक्षक तथा स्थानीयको सहभागितामा कार्यक्रममा समावेश गरिएको गाउँपालिकाले जनाएको छ । नाटकमा बालविवाहले पार्ने समस्याको बारेमा चित्रण गरिएको छ । सडक नाटकको नेटादर्लि·मा एक कार्यक्रमको आयोजना गरी गाउँपालिका अध्यक्ष रितबहादुर थापाले शुभारम्भ गरेका थिए । सचेता मुलक कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष देबा अर्याल, निमित्त प्रमुख प्रसासकीय अधिकृत बसन्तराज भुसाल लगायतको सहभागित रहेको थियो । उक्त नाटक समूहले नेटादर्लि·मा नाटक प्रर्दशन गर्दा स्थानीयले निकै सन्देशमूलक भएको प्रतिक्रिया दिएका छन् । यस्ता नाटकले समाजमा केही न केही रुपमा प्रभाव पार्नेमा सहभागीहरुले विश्वास लिएका छन् । भागेर विवाह गर्ने चलन छ । नाटकमा भागेर सानो उमेरमा विवाह गर्दा कस्ता समस्या आउँछन् भन्ने कुरा देखाइने गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update