
पाल्पा । जिल्लाको रैनादेवी छहरा ७ बल्ढेङ्गढीमा रहेको गहते निम्न माध्यमिक विद्यालयमा महायज्ञ सञ्चालन गरिने भएको छ । विद्यालयको शैक्षिक र भौतिक विकासका लागि महायज्ञ हुन लागेको हो ।
फागुन २३ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने महायज्ञ स्कूल हाता भित्रनै हुने महायज्ञ मूल समारोह समितिका संयोजक तथा रैनादेवी छहरा वडा ७ का वडा अध्यक्ष देबेन्द्र पुनले जानकारी दिए । पुनले स्कूल सञ्चालन गर्नका लागि शैक्षिक, भौतिक र आर्थिक पक्षलाई बलियो बनाउनका लागि महायज्ञ गर्न थालिएको जानकारी दिदै सबै पक्षको सहयोगको अपेक्षा गर्नु रहेको बताए । महायज्ञ सञ्चालनका लागि महायज्ञ मूल समारोह समिति गठन गर्नुका साथै उपसमिति समेत गठन गरिएको स्थानीय समाजसेवी टोपबहादुर थापाले जानकारी दिए । समाजसेवी थापाले सरकारी तह बाट स्कूलको विकासमा कुनै सहयोग नआएकाले स्थानीयहरुको सहकार्य र सल्लाहमा महायज्ञ सञ्चालन गर्न लागेको बताए । ग्रामीण क्षेत्रका स्कूल र विद्यार्थीहरुलाई सरकारले समानताको रुपमा हेपेको बताउँदै स्थानीय युवाराज सापकोटाले अबका दिनमा शिक्षालाई महत्वका साथ अगाडि बढाउनुपर्नेमा स्थानीय सरोकारवालाहरुले सोच्नुपर्ने बताए । सापकोटाले महायज्ञबाट उठेको रकम शैक्षिक गुणस्तरमा लगाउन र यसलाई सफल पार्नका लागि सबैले सहयोग गर्नुपर्ने बताए ।