Shittalpati
मोटरसाइकल चोरीमा संलग्न पाँच जना पक्राउ

पाल्पा । मोटरसाइकल चोरीमा संलग्न पाँच जना काठमाडामैंबाट पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मोटरसाइकल चोरी गर्नेलाई पक्राउ गरेको हो ।

ट्राफिक प्रहरीले चारी गर्ने तार्केश्वटर ६, धर्मस्थलीबाट १ जना र काठमाडौं १६,म्हैपीबाट ४ जना गरी ५ जनालाई पक्राउ गरेको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले एनजेडी/शित्तलपाटी डटकमलाई जानकारी दिए । प्रहरीले धर्मस्थलीबाट रमेश तामाङ्ग, काठमाडौ म्हैपीबाट किरणलामा, क्षितिज तामाङ्ग, दिपक तामाङ्ग र गंगा चौधरीलाई पक्राउ गरेको छ । निवेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरीवृत्त, सातदोबाटो ललितपुर पठाईएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १६, २०७७  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update