Shittalpati
तानसेनमा चोरी गर्ने व्यक्ति पक्राउ

पाल्पा । तानसेनमा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । शुक्रबार तानसेन नगरपलिका १ का टेक बहादुर गाहाको घरबाट नगद चोरी गर्ने एक व्यक्त पक्राउ परेका हुन् ।

गाहाको घरको दराजबाट नगद एकलाख पँचास हजार चोरी गर्ने तानसेन ४ का २८ वर्षीय सन्दिप बुढाथोकीलाई जिल्ला प्रहरी कार्यालयले आइतबार पक्राउ गरेको छ । चोरीमा संलग्न व्यक्ति तथा समूहरुको खोजतलास तथा अनुसन्धान गर्ने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो । बुढाथोकीलाई साथमा रहेको नगद सहित पक्राउ गरी प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रकाशित मिति: आइतबार, पुस १२, २०७७  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update