Shittalpati
माथागढी गाउँपालिकाद्वारा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण

पाल्पा । जिल्लाको माथागढी गाउँपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गरेको छ । गाउँ सरकारले निर्माण गरेको ‘हाम्रो माथागढी’नामक पाठ्यपुस्तकको आईतबार एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । पाठ्यपुस्तक निर्माणका लागि गाउँपालिकाले फोकलपर्सन अशेष भट्टराईको संयोजकत्वमा विज्ञ टिम बनाएको थियो । उक्त टिमले विभिन्न चरणमा जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षासम्बद्ध सरोकारवाला लगायतसँग छलफल गरी पाठ्यपुस्तक तयार गरेको हो । माथागढीको चिनारी, स्थानीय तरकारी, माथागढी गाँउपालिकाका विशिष्ट व्यक्तिहरू, धार्मिक स्थलरू, विविध जातजातिहरू,स्थानिय चाडपर्वहरू, न्वारन र छेवारोको परिचय, स्थानीय बोलीचाली र लिपि(मगरी भाषाका शब्दहरू, स्थानीय बाजाहरू,झ्याउरे नाच,स्थानीय व्यवसाय, स्थानीय खेल, स्थानीय खानेकुराहरू, स्थानीय पर्यटन, हाम्रा स्रोत तथा साधनहरू लगायतका विषयवस्तु पाठ्यपुस्तकमा समेटिएका छन्  ।

आधारभूत तहको ८ सय पूर्णाङ्क मध्ये सय पूर्णाङ्कको पाठ्यक्रम स्थानीय तहले नै तयार गर्न पाउने प्रावधान अनुसार गाउँपालिकाले कक्षा १ र ६ को पाठ्क्रममा आधारित पाठ्पुस्तक निर्माण गरेको हो । अनिवार्य र ऐच्छिक विषय बाहेक सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रमको विषयवस्तु विद्यालयहरुले पढाउनुपर्नेछ । पुस्तकको गाउँपालिकाका उपाध्यक्ष निर्मला भट्टराई र प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले सयुक्त रूपमा लोकापर्ण गरेका हुन् । पुस्तकको लोकापर्ण गर्दै उपाध्यक्ष भट्टराईले स्थानीयले आफै १०० पूर्णाङ्कको पाठ्यपुस्तक तयार पारेर लागु गर्दा बालबालिकाले आफ्नो गाउँ–ठाउँ, कलासंस्कृति, भेषभुषा, सम्पदा, भावनात्मक सम्बन्ध रहने, गाउँ ठाँउमै रहने वातावरणको विकास हुने बताईन् । उनले पाठ्युपुस्तकलाई कार्यान्वयन गराउनु महत्वपूर्ण रहेको भन्दै यसका लागि शिक्षकहरुले तदारुकता देखाउनुपर्नेमा जोड दिईन् । प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले भने गुणस्तरी शिक्षा निर्माणमा शिक्षकहरुको महत्वपूर्ण भूमिका रहेने भएकाले शिक्षक इमान्दर र लगनशिल हुनुपर्ने बताए । शिक्षा शाखाका संयोजक गजेन्द्र पन्थीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, पुस १२, २०७७  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update