Shittalpati
पाल्पाको तिनाउमा रुखबाट लडेर एकको मृत्यु

पाल्पा, जिल्लाको तिनाउ गाउँपालिकामा रुखबाट लडेर एकको मृत्यु भएको छ । आइतबार बिहान घाँस काट्ने क्रममा रुखबाट लडेर तिनाउ गाउँपालिका ३ चौकीभञ्याङ्गका ३८ बर्षिय टंक बहादुर दर्लामीको मृत्यु भएको हो । घर नजिकै रहेको साजको रुखमा घाँस काट्ने क्रममा लडेर दर्लामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो ।

 

प्रकाशित मिति: आइतबार, माघ २६, २०७६  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update