Shittalpati
मन्त्री ज्ञवालीद्वारा गुल्मीमा स्वास्थ्य बीमाको  शुभारम्भ

रमेश विश्वकर्मा
गुल्मी । गुल्मीमा एक कार्यक्रमका बिच स्वास्थ्य बीमा सदस्यता दर्ता शुभारम्भ गरिएको छ । जिल्लाको सदरमुकाम तम्घासमा आयोजित एक कार्यक्रममा नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीद्वारा स्वास्थ्य बीमा सदस्यता दर्ता शुभारम्भ गरिएको हो ।

स्वास्थ्य बीमा सदस्यता दर्ता शुभारम्भ गर्दै मन्त्री ज्ञवालीले स्वास्थ्यको सहज पहुँच अझै पुर्याउन नसकिएको बताए । गरिबी, अशिक्षा, न्यून चेतना, स्वास्थ्यमा पहुँचको अभाव, बदलिंदो जीवन शैलीका कारण नयाँ स्वास्थ्य चुनौतीहरु थपिंदै गएको बताए ।

नेपाली सामाजले धेरै स्वास्थ्य चुनौतीहरुको सामना गर्नु परेकोले बीमाको माध्यमबाट सरकार नागरीकको सुरक्षा गर्ने बताउँदै मन्त्री ज्ञवालीले पछिल्लो समय शिक्षा र स्वास्थ्य जस्ता क्षेत्र सेवा भन्दा पनि नाफा कमाउने माध्यमको रुपमा प्रकट हुन थालेको प्रति चिन्ता व्यक्त गरे ।

‘शिक्षा र स्वास्थ्यमा लगानीलाई नाफा कमाउने माध्यमको रुपमा विकास गरिएको छ मन्त्री ज्ञवालीले भने,ुयसरी समाजले ठुलो विकृति भोगिरहेको छ ।’ त्यसबाट सिर्जित विकृतिहरुबाट नागरीकहरुलाई बचाउन सरकार लागि परेको बताए ।

एक फरक प्रसँग जोड्दै कैयौँ कार्यहरुमा नेपाल विकसित देशहरु भन्दा पनि अगाडि बढिसकेको बताए । तर अहिले सकरात्मक भन्दा नकरात्मक कुराहरुको बढि चित्रण गर्ने प्रवृत्तिको विकास भईरहेको बताउँदै भने,‘असाध्यैँ राम्रो देखिने चन्द्रमामा पनि दाग हुन्छ ।’ मन्त्री ज्ञवालीले दाग हेर्ने की चन्द्रमाको उज्यालो हेर्ने रु भन्दै प्रश्न समेत गरे ।

नेपाली महिलाहरुले नेपालको स्वास्थ्य क्षेत्रमा मातृ शिशुको मृत्युदर घटाएर अतुलनिय योगदान पुराएको बताए । सरकार अहिले उल्लेखीय ढङ्गले मातृ तथा शिशु मृत्यु दरलाई घटाउन सफल भएको दाबी गरे ।

परराष्ट्रमन्त्री ज्ञवाली सहित जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, नगरपालिका तथा गाउँपालिकका प्रमुख तथा उप(प्रमुखहरुले स्वास्थ्य बिमा सदस्यता दर्ता गराए । बीमा बोर्डको वार्षिक कार्ययोजना अन्तर्गत ५१ औँ जिल्लाको रुपमा गुल्मीमा पनि स्वास्थ्य बीमा सदस्यता दर्ता कार्यक्रम शुभारम्भ भएको हो ।

नेपाल सरकारले नागरिकका स्वास्थ्य उपचारमा पहुँचको उद्देश्य अनुसार राष्ट्रिय बीमा नीति २०७१ र सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति गठन आदेश २०७१ बमोजिम आर्थिक वर्ष २०७२/०७३ बाट शुरुमा कैलाली, बाग्लुङ्ग र ईलाम जिल्लाबाट थालनी गरिएको स्वास्थ्य बीमा कार्यक्रमबाट आ.व.०७६/०७७ को माघसम्ममा गुल्मी समेत गरी ५१ जिल्लामा सेवा विस्तार भईसकेको छ ।

स्वास्थ्य बीमा सदस्यता दर्ता कार्यक्रममा सहभागी हुने ५ जनासम्मको परिवारले वार्षिक रुपमा प्रति परिवार रु.३५ सय तथा परिवारमा ५ जनाभन्दा बढी सदस्य भए प्रति थप सदस्यको रु ७ सयका दरले रकम तिर्नु पर्ने छ ।

प्रकाशित मिति: बुधबार, माघ २२, २०७६  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update