Shittalpati
यूनियन लाइफद्वारा मृत्यु दाबी रकम हस्तान्तरण

पाल्पा, यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तानसेन शाखाले मृत्यु वापतको बीमा दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले मृतकको परिवारलाई बीमा वापतको १ लाख ४ हजार ५ सय रकम हस्तान्तरण गरेको हो ।

कम्पनीको तानसेन शाखामा बीमा गराएका जिल्लाको रिब्दीकोट गाउँपालिका ३ खस्यौलीका ४२ वर्षका शम्भु मल्ल उपचारका क्रममा मृत्यु भएपछि कम्पनीले उनको परिवारलाई मृत्यु वापतको बीमा रकम बुधबार हस्तान्तरण गरेको छ । कम्पनीका शाखा प्रवन्धक दिनेश नेपालले मृतक मल्लका श्रीमती सिर्जना श्रेष्ठ मल्ललाई विमाड्ढ दावी वापत एक लाख र आन्तरिक बोनस वापत ४ हजार ५ सय रकमको चेक हस्तान्तरण गरेका हुन् । मृतक मल्लले कम्पनीको तानसेन शाखामा २०७५ फागुन २८ गते बीमा लेख नम्वर ५०२००००२०१ अन्तर्गत एक लाखको १५ वर्षे जीवन बीमा गराएका थिए । उनले पहिलो किस्ता वापतको ६ हजार ८ सय रकम बुझाएको कम्पनीले जनाएको छ ।

बीमा गराउँदाको पहिलो किस्ता मात्रै भुक्तानी भएको अवस्थामा पनि बीमितको कालगतीका कारणले मृत्यु भएको हुँदा बीमाको नियमानुसारको बिमाड्ढ र बोनस सहितको रकम हस्तान्तरण गरिएको शाखा प्रवन्धक नेपालले बताए । उनले भने ‘बीमा गराउँदा आर्थिक सुरक्षा हुने गरेको छ ।’ जीवनलाई सुरक्षित र सुखी बनाउन आम्दानी अनुसार बीमा गर्न प्रवन्धक नेपालले सबैलाई आग्रह गरेका छन् । मृत्यु दाबी रकम बुझ्दै मृतक मल्लको श्रीमति सिर्जनाले दुःखमा पनि कम्पनीले देखाएको सहयोग र सद्भाव प्रशंसा गरिन् ।

प्रकाशित मिति: बुधबार, पुस १६, २०७६  २१:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update