Shittalpati
गुल्मीका पत्रकार खत्री र नेपाली सम्मानित

गुल्मी । बागलुङको बडिगाड गाँउपालिका ५ स्थित पौदीटारी आधारभूत विद्यालयले दुई क्रियाशिल पत्रकारहरुलाई सम्मान गरेको छ । विद्यालयको ४५ औ बार्षिक उत्सवका अवसरमा जिल्लाका क्रियाशिल पत्रकार कौरव खत्री र दिपक नेपालीलाई माँयाको चिनोले सम्मान गरिएको थियो ।

पत्रकार खत्री र नेपालीले पत्रकारिता मार्फत शिक्षाको क्षेत्रमा योगदान पु¥याएको भन्दै विद्यालयले बार्षिक उत्सवका अवसरमा एक कार्यक्रमका बीच सम्मान गरेको हो । पत्रकार खत्री विगत दश बर्षदेखि निरन्तर रुपमा रेडियो,छापा पत्रिका,टेलिभिजन र विभिन्न अनलाइनमा आवद्ध भएर पत्रकारिता गदै आएका छन् भने पत्रकार नेपाली पनि विगत पाँच बर्षयता निरन्तर रुपमा रेडियो र टेलिभिजनमा आवद्ध भएर पत्रकारिता गदै आएका छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update