Shittalpati
पुनर्निर्माण भएको लक्ष्मीनारायण मन्दिरको उद्घाटन

इमान सिं राना

पाल्पा (रामपुर) । २०७२ सालको भुकम्पले क्षति भएको रामपुर नगरपालिका ५ रामघाट स्थित लक्ष्मीनारायण मन्दिरको पुन निर्माण भएको छ । लक्ष्मी नारायण गुठी अन्तर्गत वि.सं १८८९ मा निर्माण भएको लक्ष्मीनारायणको मन्दिरको जिर्णउद्धार गरिए पनि २०७२ को भुकम्पले क्षति पु¥याएको थियो ।

मन्दिरलाई पुरातात्विक विभागको सहयोगमा पुरानै शैलीमा ३८ लाखको लागतमा मन्दिर पुनः निर्माण गरिएको हो । यस्तै निर्माण सम्पन्न भए संगै मन्दिरमा विहिबार वसन्त पन्चमीको अवसर पुन ः निर्माण भएको मन्दिर उट्घाटन गरी मुर्ति भित्रयाईएको छ । मन्दिरको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले उट्घाटन गरेका हुन् । थापाले नवनिर्मित मन्दिरमा मुति पहिलेको मूर्ति भित्रयाउँदै रामघाट आफैमा धार्मिक तथा पर्यटकिय हिसाबले महत्वपूर्ण रहेको बताए । उनले नगरपालिकाले रामघाट क्षेत्रलाई पर्यटकिय क्षेत्रका रुपमा समावेश गररेर अघि बढेको बताए । उनले धार्मिक गुठीको व्यवस्थापनमा नगरपालिकाले आवश्यक सहयोग गर्दै आएको बताए । पतन्जली योग पिठ नेपालले रामघाटमा संरचना बनाएर धार्मिक पर्यटकिय क्षेत्रको विकासमा सहयोग गर्ने सल्लाह भएको जानकारी गराउँदै नगर प्रमुख थापाले रामघाट क्षेत्रलाई हरिद्धार जस्तै प्रसिद्ध धार्मिक तीर्थस्थल बनाउन सकिने बताए ।

कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, गुठीका सल्लाहकार तथा नेपाली कांग्रेस जिल्ला उपसभापति देवराज ढकालले यस मन्दिर रामपुरको पुरानो रहेको बताउँदै रामपुरको पर्यटकिय तथा धार्मिक क्षेत्रको विकासमा टेवा पुगेको बताए । त्यस्तै कार्यक्रममा गुठीका जेष्ठ सदस्य कृतिनाथ रेग्मीले मन्दिरको ऐतिहासिक पृष्ठभूमी र धार्मिक महत्वको बारेमा जानकारी दिएका थिए । नगर प्रमुख रमणबहादुर थापा, उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, चन्दादाता मथुरा मल्ल, मेगकुमारी खनाल, रेग्मी परिवारको ज्येष्ठ सदस्य तिलादेवी रेग्मीले नयाँ मन्दिरमा भित्र्याइएको लक्ष्मीनारायणको मूर्तिमा पन्चदिप प्रज्ज्वलन गरी पुजा आरम्भ गरेका थिए । भजनकृतका साथमा नवनिर्मित मन्दिरमा मूर्ति भित्र्याइएको हो । लक्ष्मीनारायण गुठी संचालक समितिका अध्यक्ष बुद्धि प्रकाश रेग्मीले पर्यटकिय तथा धार्मिक क्षेत्र बनाउन दशवर्षे गुरुयोजना सहित भौतिक पूर्वाधारका कामहरु भइरहेको बताए । लक्ष्मीनारायण गुठी संचालक समितिका अध्यक्ष रेग्मीको अध्यक्षतामा भएको कार्यक्रम सदस्य किर्तिनाथ श्रेष्ठको स्वागत र सचिव मिनराज रेग्मीको सञ्चालनमा भएको हो । विगतमा रेग्मी घरपरिवार मार्फत गुठी सञ्चालन हुँदै आएको लक्ष्मी नारायण गुठी २०७५ साउन २६ गते देखि अन्य समुदायको पनि सहभागीता रहने गरी सञ्चालन हुँदै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update