Shittalpati
महामन्त्री डा. कोइरालालाई कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । उनले मंगलबार परीक्षणका क्रममा आफूमा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

महामन्त्री डा. कोइरालालाई हाल स्वास्थ्य सम्बन्धी कुनै समस्या नदेखिएको उनका सहयोगी सुरज उप्रेतीले जानकारी दिए । महामन्त्री डा.कोइराला चिकित्सकहरुको सल्लाहअनुसार हाल होम आइसोलेशनमा बसेका छन् । साथै उनले आफूसँग प्रत्यक्ष सम्पर्कमा आएका सम्पूर्णमा आवश्यक सजगता अपनाउन अनुरोध गरेका छन् । –रासस

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७  १९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update