Shittalpati
जिल्ला अस्पताल पाल्पा सिल

पाल्पा,अस्पतालमा उपचार गराईरहेकी बिरामीमा कोरोना संक्रमणको पुष्टि भएपछि जिल्ला अस्पताल पाल्पा शिल गरिएको छ । उपचार गराईरहेकी बिरामी अस्पतालमा कार्यरत कार्यालय सहयोगीकी आमा हुन् । गएको एक हप्ता अघि देखि अस्पतालमा भर्ना भई उपचार गराइरहनुभएकी तानसेन ११ निवासी ८२ वर्षिया महिलामा कोरोना संक्रमणको पुष्टि भएपछि आकस्मिक सेवा बाहेक सबै सेवाहरु आइतबार बेलुकी देखिनै बन्द गरिएको पाल्पा अस्पतालका अध्यक्ष नेत्र पाण्डेले जानकारी दिए ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.जगदीश कुवरका अनुसार बिरामीमा कोरोना पुष्टि भएपछि बिरामीकी छोरी कार्यालय सहयोगी लगायत कार्यरत चिकित्सक, कर्मचारी, अस्पताल प्रशासन शाखाका सबैलाई होम कोरेन्टिनमा बस्नुपरेका कारण आकस्मिक सेवा बाहेक सबै सेवाहरु बन्द गर्नुपरेको बताए । पाल्पा जिल्लामा आइतबार मात्रै १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । यो संगै पाल्पामा कोरोना संक्रमितको संख्या ६ सय ६ पुगेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २१, २०७७  २०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update