Shittalpati
पाल्पामा थप १६ जनामा संक्रमण, संक्रमित मध्ये १२ जना समुदायस्तरका

पाल्पा । जिल्लामा थप १६ जनामा संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा माथागढीका ५ पुरुष, रैनादेवी छहराका १ महिला १ पुरुष, बगनासकालीका १ पुरुष, तिनाउँ गाउँपालिकाका ८ पुरुष गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । उनीहरु मध्ये रैनादेवी छहराका २ जना, माथागढीका २, तिनाउका ८ जना समुदायस्तरका रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । बाँकी भारत तथा तेस्रो मुलुकबाट आएर होम क्वारेन्टाइनमा बस्दै आएका व्यक्तिहरु रहेको बुझिएको छ ।

थपिएका १६ जना सहित जिल्लामा संक्रमितको संख्या ६ सय ६ पुगेको छ । ५ सय ६२ जनाले कोरोना जितेर घर फर्किएका छन् भने २ जनाको मृत्यु भएको छ । आइतबार थपिएका समुदायस्तरका १२ जना सँगै पाल्पामा २६ जना समुदायस्तरका व्यक्तिमा संक्रमण देखिएको छ । अहिले सम्म रामपुरका २, रम्भाका ३, माथागढीका २, तानसेनका ७, रैनादेवी छहराका ३ र तिनाउका ९ जना समुदायका व्यक्तिमा संक्रमण देखिएको हो ।

प्रकाशित मिति: आइतबार, भदौ २१, २०७७  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update