Shittalpati
रुपन्देहीमा थप दुई कोरोना संक्रमितको मृत्यु

रुपन्देही, बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना भाइरस संक्रमितकोे मृत्यु भएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको शनिबार बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए ।

नवलपरासीकी महिला भदौ १७ गते र बुटवलका पुरुष भदौ १५ गते अस्पतालमा भर्ना भएका थिए । ज्वरो र स्वासप्रस्वासको समस्या रहेका दुबैको भेन्टिलेटरको सहायतामा आइसीयूमा उपचार भइरहेको थियो । –रासस

प्रकाशित मिति: शनिबार, भदौ २०, २०७७  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update