Shittalpati
अग्रमोर्चामा रहेर काम गर्ने सुरक्षा निकाय र कर्मचारीलाई स्वास्थ्य सामग्री

रमेश विश्वकर्मा
गुल्मी । जिल्लामा अग्रमोर्चामा रहेर काम गर्ने सुरक्षा निकाय र कर्मचारीलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । नेपाल निजामती कर्मचारी युनियन (संघ) ले आफ्नो ३० औं स्थापना दिवसको अवसर पारेर नेपाल प्रहरी, ट्राफिक प्रहरी, रेसुङ्गा नगरपालिका अन्तर्गत फोहोरमैला व्यवस्थापन गर्ने कर्मचारीहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

नेपाल प्रहरीलाई ५ सय थान सर्जिकल माक्स, एक सय थान ग्लोब्स र ५० थान सेनिटाईजर हस्तान्तरण गरिए संघका अध्यक्ष मेघलाल पाण्डेयले बताए । त्यस्तै ट्राफिक प्रहरीलाई एक सय थान माक्स, एक सय थान ग्लोब्स र २० थान सेनिटाईजर हस्तान्तरण गरिएको छ । रेसुङ्गा नगरपालिका अन्तर्गत फोहोरमैला व्यवस्थापन गर्ने कर्मचारीलाईएक सय थान माक्स, एक सय थान ग्लोब्स र १५ थान सेनिटाईजर हस्तान्तरण गरिएको बताईएको छ । संघका पूर्व केन्द्रीय उपाध्यक्ष एवं आधिकारिक ट्रेड युनियन गुल्मीका संस्थापक अध्यक्ष जयश्वर पन्थीले युनियनले गरेका रचनात्मक कार्यको प्रशंसा
गरे ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माको प्रमुख आतिथ्यता तथा नेपाली काँग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठको विशेष आतिथ्यता नेपाली काँग्रेसका उपसभापति बिष्णु प्रसाद बलाल, सचिव खिलध्वज पन्थी, प्रहरी उपरीक्षक प्रविण श्रेष्ठ, वातावरण विकाश संरक्षण संस्थाका अध्यक्ष रामप्रसाद पन्थी लगायतको उपस्थित रहेको थियो । नेपाल निजामती कर्मचारी युनियन (संघ)का जिल्ला अध्यक्ष मेघलाल पाण्डेको अध्यक्षता, उपाध्यक्ष खिम बहादुर अधिकारीको स्वागत, सचिव मधु घिमिरेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update