Shittalpati
गरिमा विकास बैंक रामपुर शाखाद्वारा विद्यार्थीहरुलाई स्वीटर वितरण


पाल्पा (रामपुर), गरिमा विकास बैंक रामपुर शाखाले विजयपुर प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको छ । विजपुर प्राथमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा गरिमा विकास बैंक रामपुर शाखाले विद्यार्थीहरुलाई स्वीटर र चस्मा वितरण गरेको हो । जाडोमा विद्यार्थीहरुलाई सहज होस् भन्ने उद्देश्यले संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत न्यानो लुगा प्रदान गरिएको बैंकका शाखा प्रबन्धक रामप्रसाद ढकालले जानकारी दिए । विद्यार्थीहरुलाई नगर प्रमुख रमणबहादुर थापा र शाखा प्रबन्धक ढकालले हस्तान्तरण गरेका थिए । यसैगरी कालीगण्डकी आँखा उपचार केन्द्रले दृष्टिमा समस्या देखिएका विद्यार्थीहरुलाई निःशुल्क चस्मा वितरण गरेको छ । उपचार केन्द्रले जापानिज नागरिक काजुमासा काकीमी मार्फत चस्मा प्रदान गरेको हो ।

प्रकाशित मिति: मंगलबार, पुस १५, २०७६  २१:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update