Shittalpati
पाल्पामा अज्ञात समूहद्वारा एनसेलको टावरमा क्षति

पाल्पा, माघ १३/अज्ञात समूहले पाल्पाको बगनासकाली–९ बगनासडाँडामा रहेको एनसेल टावरमा क्षति पु¥याएको छ ।

आइतबार रातीको समयमा आगोजानी भई टावरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यद्यपी क्षतिको विवरण भने उल्लेख गरिएको छैन । आगजनीबाट टावरको जेनेरेटर, विटिएस सिस्टम, जिएसएम एन्टेना, ब्याट्री प्यानल, मिटर बक्स सहित तारमा क्षति पुगेको छ । घटना विप्लव नेतृत्वको नेकपाले गरेको हुन सक्ने आशंका गरिए पनि कसले र किन गराएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ १२, २०७६  २३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update